बर्दिया, भदौ ४/ जुवातास खेलिरहेका १०  जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–३  स्थितबाट जुवातास खेलिरहेका दश जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका –३ शान्तिपुरका १८ वर्षीय सौगात खड्का, ३१ वर्षीय साजित गुजर, २८ वर्षीय अनुप खड्का, ३३ वर्षीय लोक बहादुर खड्का, ४१ वर्षीय राम शरण थारु, ६० वर्षीय खिम बहादुर महत, ३९ वर्षीय भुपेन्द्र डाँगी, ५१ वर्षीय रामु खड्का, ३० वर्षीय विजय कुमार खड्का र २५ वर्षीय धिरज कुमार खत्री रहेका छन् ।

जुवा भइरहेको ठाउँबाट नगद रु ५४ हजार ३ सय १५, ५ वटा मोबाइल र दुई  गड्डी सहित दश जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दशलाई नियन्त्रणमा लिई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP