Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया, भदौ ४/ जुवातास खेलिरहेका १०  जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–३  स्थितबाट जुवातास खेलिरहेका दश जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका –३ शान्तिपुरका १८ वर्षीय सौगात खड्का, ३१ वर्षीय साजित गुजर, २८ वर्षीय अनुप खड्का, ३३ वर्षीय लोक बहादुर खड्का, ४१ वर्षीय राम शरण थारु, ६० वर्षीय खिम बहादुर महत, ३९ वर्षीय भुपेन्द्र डाँगी, ५१ वर्षीय रामु खड्का, ३० वर्षीय विजय कुमार खड्का र २५ वर्षीय धिरज कुमार खत्री रहेका छन् ।

जुवा भइरहेको ठाउँबाट नगद रु ५४ हजार ३ सय १५, ५ वटा मोबाइल र दुई  गड्डी सहित दश जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दशलाई नियन्त्रणमा लिई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP