Trend
बुधबार , कार्तिक २०, २०८२

बालबालिकालाई मोबाइलको लतबाट जोगाउन अभिभावक सजग हुनुपर्ने

बर्दिया – पछिल्ला वर्षहरूमा बालबालिकामाझ मोबाइल प्रयोग अस्वाभाविक रूपमा बढ्दै गएको छ । अध्ययन, सिर्जनशील गतिविधि र सामाजिक सम्बन्धमा असर पार्ने गरी मोबाइलको अत्यधिक प्रयोग हुन थालेपछि अभिभावकहरू चिन्तित बनेका छन् । मोबाइल गेम, भिडियो र सामाजिक सञ्जालमा तानिँदा उनीहरूको अध्ययनमा मात्र नभई मानसिक र शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर परेको अभिभावकले बताएका छन्।

स्वास्थ्य विशेषज्ञहरूको भनाइ अनुसार लामो समय मोबाइल प्रयोग गर्दा मानसिक विकास, दृष्टि समस्या, निद्रामा अवरोध, तथा सामाजिक एक्लोपन जस्ता समस्या देखिने गरेका छन् । विशेषगरी खेलकुद, साथीभाइसँगको समय र परिवारसँगको संवादभन्दा मोबाइल गेम र भिडियोमा बालबालिका बढी तानिन थालेको पाइन्छ ।

शिक्षाविद्हरूका अनुसार बालबालिकालाई मोबाइलको लतबाट हटाउन अभिभावक आफैंले सचेत भई मोबाइल प्रयोगको समय सीमित गर्नुपर्ने, बाहिरी खेलकुदमा सहभागी गराउनुपर्ने र परिवारसँग रमाइलो वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ ।

 बालबालिकाको भविष्य सुरक्षित राख्न विद्यालय, समुदाय र अभिभावक सबैले मिलेर मोबाइल लत नियन्त्रणमा कदम चाल्नुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP