Trend
मंगलबार , फागुण १९, २०८२

काठमाडौं । ब्रह्माकुमारी संस्थाका पूर्वप्रमुख प्रशासक राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा विश्वव्यापी रक्तसंकलन अभियान सञ्चालन गरिएको छ ।

विश्वभरबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको उक्त अभियानअन्तर्गत नेपालबाट हालसम्म ११ हजार ९१६ पिन्ट रगत संकलन भएको अभियानसम्वद्ध रमेश आचार्यले बताए ।

विभिन्न स्थानमा रहेका ब्रह्माकुमारी शाखाले विभिन्न संघ–संस्था र सामाजिक निकायसँग सहकार्य गर्दै सुरु गरेको रक्त संकलन अभियानले १०० घण्टाभित्र १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ । भदौ ६ देखि ९ गतेसम्म जारी अभियानअन्तर्गत नेपालमा अपेक्षित सफलता हासिल भएको हो ।

त्यसक्रममा भदौ ८ गते काठमाडौंमा १२ सय २, जनकपुरमा ७२, नारायणगढमा १५८, हेटौंडामा १५७, विराटनगरमा ८६८, पोखरामा २२९, नेपालगञ्जमा ४६, बुटवलमा २३१, दाङमा १०४, बागलुङमा ३३ र पाल्पामा २१ पिन्ट रगत संकलन गरिएको थियो । अन्तिम दिन ९ गते १४ सय ५७ पिन्ट गरी ९ गते १४५७ पिन्ट पुगेको हो ।साभारनेपालप्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP