Trend
बुधबार , कार्तिक २०, २०८२

काठमाडौं । ब्रह्माकुमारी संस्थाका पूर्वप्रमुख प्रशासक राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा विश्वव्यापी रक्तसंकलन अभियान सञ्चालन गरिएको छ ।

विश्वभरबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको उक्त अभियानअन्तर्गत नेपालबाट हालसम्म ११ हजार ९१६ पिन्ट रगत संकलन भएको अभियानसम्वद्ध रमेश आचार्यले बताए ।

विभिन्न स्थानमा रहेका ब्रह्माकुमारी शाखाले विभिन्न संघ–संस्था र सामाजिक निकायसँग सहकार्य गर्दै सुरु गरेको रक्त संकलन अभियानले १०० घण्टाभित्र १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ । भदौ ६ देखि ९ गतेसम्म जारी अभियानअन्तर्गत नेपालमा अपेक्षित सफलता हासिल भएको हो ।

त्यसक्रममा भदौ ८ गते काठमाडौंमा १२ सय २, जनकपुरमा ७२, नारायणगढमा १५८, हेटौंडामा १५७, विराटनगरमा ८६८, पोखरामा २२९, नेपालगञ्जमा ४६, बुटवलमा २३१, दाङमा १०४, बागलुङमा ३३ र पाल्पामा २१ पिन्ट रगत संकलन गरिएको थियो । अन्तिम दिन ९ गते १४ सय ५७ पिन्ट गरी ९ गते १४५७ पिन्ट पुगेको हो ।साभारनेपालप्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP