Trend
मंगलबार , कार्तिक १९, २०८२

स्थानीय महिलाहरूले नृत्य, गीत र विविध सांस्कृतिक प्रस्तुति राखेका थिए। कार्यक्रममा सहभागीहरूले तीजलाई सांस्कृतिक पहिचान, महिला सशक्तीकरण र सामाजिक एकतासँग जोडेर मनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /भदौ १० / बर्दियाको सितलाबजारमा यस वर्षको तीज पर्वलाई लक्षित गर्दै विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वमन्त्री अब्दुल खाँन उपस्थित रहनुभएको थियो।

स्थानीय महिलाहरूले नृत्य, गीत र विविध सांस्कृतिक प्रस्तुति राखेका थिए। कार्यक्रममा सहभागीहरूले तीजलाई सांस्कृतिक पहिचान, महिला सशक्तीकरण र सामाजिक एकतासँग जोडेर मनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

महिलाहरु को महान पर्व हरितालिका तीजको आज मुख्य दिन बढैयाताल गाऊपालिकाको सितलावजार, मैनापोखर लगायत वडा नं ४ को खैरेनीमा समेत संघिय सरकारका पूर्वमन्त्री तथा संघिय सांसद अब्दुल खाँन लुम्बिनी प्रदेश का सांसद भुवनेश्वर चौधरी , बडा अध्यक्ष लगायतको प्रमुख आतिथ्यमा तिज मिलन तथा प्रतियोगितात्मक तिज गित प्रतियोगिता लगायत अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरि सम्पन्न भएको छ।

बढैयाताल वडा न ८ सितलाबजार बजार व्यवस्थापन समितिले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री अब्दुल कलाम खान प्रमुख अतिथि रहेका थिए भने बढैयाताल को वडा नं ६ मैनापोखर मा बजार व्यवस्थापन समितिले गरेको कार्यक्रम मा प्रमुख अतिथि लुम्बिनी प्रदेश का सांसद भुवनेश्वर चौधरी रहेका थिए भने कार्यक्रम मा सामुहित तिज गित नृत्य प्रतियोगिता तथा एकल गित र नृत्य प्रतियोगिता र अन्य रोचक कार्यक्रम लाखे नाच , घैटो फोड कार्यक्रम लगायतका विभिन्न कार्यक्रम तथा तिज मेलाको आयोजना समेत गरिएको थियो ।

 कार्यक्रम मा प्रमुख अतिथि लगायतले मन्तव्य राख्दै धर्म संस्कृति र परम्पराहरू लोप हुँदै गई रहेको अवस्थामा धर्म संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको दायित्व भएको र हामी सबै मिलि धर्म संस्कृति र परम्पराहरू को संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

 तिज कार्यक्रम मनाउने नाउँमा छाडा संस्कृति मैलाउँदै गैरहेको अवस्थामा यस प्रकार को कृयाकलाप निरुत्साहित गर्नु हामी सबैको दायित्व भएकोले सबै मिलेर यस्ता कृयाकलाप को अन्त्य गर्नु पर्ने कुरा मा अतिथि हरु ले जोड दिएका थिए ।

कार्यक्रममा स्थानिय महिलाहरुले समुह बनाई कला संस्कृति र परम्परा झल्कने खालका तिज गित तथा नृत्यहरुले सहभागी प्रमुख अतिथि अतिथि लगायत उपस्थित सबैलाई मनोरन्जन समेत प्रदान गरेका थिए ।

कार्यक्रम मा उत्कृष्ट हुने महिला समुह हरु एकल गित तथा नृत्य प्रस्तुत गर्ने कलाकार हरु लाई नगद पुरस्कार तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP