Trend
बुधबार , कार्तिक २०, २०८२

राैतहट । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ का लक्ष्मण पासवान र सोही नगरपालिका २ नम्वरकी रूबीकुमारी साह स्थानीय विद्यालयको १० कक्षामा पढ्दापढ्दै गहिराे प्रेममा परे । उनीहरू एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगे ।

स्कुले जीवन सकिएपछि उनीहरू बिहे गर्ने निधो गरे । तर, उनीहरूको बिहेको बाधक बन्यो रूबीको परिवार । दुई परिवारबीच धनी र गरिबको खाडल थियाे । तुलनात्मक रूपमा लक्ष्मणको परिवारभन्दा अलिक सम्पन्न थियो । रूबीको परिवार पासवानलाई छाेरी सुम्पिन तयार भएन ।

जानकारहरूका अनुसार रूबीको परिवारले लक्ष्मणसँग रूबीको बिहे अस्वीकार गरेपछि उनीहरू कोर्ट म्यारिज (अदालति विहे विवाह) गर्ने निधोमा पुगे । उनीहरूले जिल्ला अदालत सर्लाहीमा कोर्ट म्यारिज पनि गरे । यति गर्दा पनि रूबीको परिवार लक्ष्मणलाई ज्वाइँ स्वीकार्न तयार भएन । बरू भारतको मजफरपुरका शिवसागर साहसँग रुबीको विवाह गराइदिए ।

बिहेपछि रूबी भारतमै बस्थिन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार रूबी नेपाल (माइती) आएपछि लक्ष्मणसँग सम्पर्कमा रहने गरेको अनुसन्धानबाट देखिएको छ । उनीहरूबीच फोनमा सम्पर्क हुने गरेको थियाे । उनीहरूबीच भेटघाट पनि हुने गरेको हुनसक्ने कुरालाई नकार्न नसकिने प्रहरी स्राेत बताउँछ।

लक्ष्मण र रूबी अझै प्रेममा रहेको देखिएपछि प्रहरीले लक्ष्मणतिर अनुसन्धानको सुइ घुमाएको थियो । भारतमा बिहे गरेर गएकी रूबीकाे चार वर्षका छाेरा छन् । छोरालाई पढाउने बहानामा उनी गौरमा भाडाकाे काेठामा बस्नु पनि लक्ष्मणसँगको प्रेमकै कारण भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘अन्यत्र बिहे भइसकेपछि पनि रूबी लक्ष्मणसँग निरन्तर सम्पर्कमा देखिन्छिन्’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन् ´लक्ष्मणलाई छोड्न नसक्ने अवस्थामा पुगेपछि उनी छोरा पढाउने बहानामा नेपाल आएकी हुनसक्छिन् । भारतमा विद्यालय नहुने भन्ने त हुँदैन ।

प्रेम अधुराे हुँदा दुवैजना मानसिक तनावमा थिए । गत शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट फेसियल गर्न ब्यूटीपार्लर जाने भन्दै गौर बजार गएकी रुबी बेपत्ता भएकी थिइन् । उनी आइतवार श्रीमान् भेट्न भारत जाने तयारीमा थिइन् ।

उनको शव आइतवार बिहान सुटकेसमा प्याक गरेर फालेको अवस्थामा उनको गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार स्थानीयले शनिवार राति १० बजे नै बेलबिछुवाको प्रहरी चौकीमा फोन गरेर डोरीले बाँधिएको अवस्थामा सुटकेस फेला परेको सूचना दिएका थिए । सूचना पाए लगत्तै पुगेको प्रहरीले रातभरी उक्त शंकास्पद सुटकेशलाई पहरा दिएर बसिरह्यो । बिहान सुटकेस खानतलासी गर्दा शवलाई लुगाजसरी पट्याएर कोचिएको अवस्थामा फेला पर्‍यो ।

रूबीको चप्पल गौरस्थित लक्ष्मणको डेरामा फेला पारेकाले रूबी लक्ष्मणको डेरामा गएकी थिइन् वा लक्ष्मणले अन्यत्र हत्या गरेर चप्पल डेरामा लगेका थिए भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

हत्या आराेपि लक्ष्मणले आत्मदाह गरेका छन् । उनलाई आज जलेर गम्भीर घाइते अवस्थामा प्रहरीले पक्राउ गरेकाे थियाे तर, उनकाे ज्यान जाेगिएन ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ६ स्थित खेतमा पासवानको जलेको शरीर प्रहरीले फेला पारेको थियो । उनले आत्मदाह प्रयास गरेपछि स्थानीयले देखेर शरीरकाे आगो निभाइ प्रहरीलाई खबर गरेका थिए । उनी फेला परेको स्थान उनको घर नजिकैको क्षेत्र हो ।

आत्मदाह गर्नुअघि लक्ष्मणले एउटा भिडियाे बनाएर सार्वजनिक गरेर हत्याकाे स्वीकाराेक्ति गर्दै रूबीबिना आफू पनि बाँच्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP