Trend
मंगलबार , भाद्र ३०, २०८३

डडेल्धुरा, १२ भदौ । आज बिहान डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुने चारजनाको सनाखत भएको छ ।

दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

घाइते हुनेमा १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

बिहान डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP