Trend
बुधबार , कार्तिक २०, २०८२

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाउँपलिका वडा नं ७ र वडा नं ९ ले अति अशक्त ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त व्यक्तिले कार्यालयसम्म पुग्न नसक्दा सामाजिक सुरक्षा भत्ता लगायतका अति आवश्यक सेवा पाउनवाट वन्चित भएको भन्ने जन गुनासो बढ्दै गएपछि गत वर्ष देखी घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता ,परिचयपत्र नवीकरण तथा प्राथामिक स्वास्थ्य सेवा , स्वास्थ्य विमा लगायतका कार्यक्रम घर घर मै पुगेर सेवा दिन थालिएको बढैयाताल वडा नं ७ का अध्यक्ष राधेश्याम थारू ले बताए ।

यस आर्थिक वर्षमा बर्दियाको बढैयाताल गाउपालिका बडा नं ७ का अति अशक्त आफ्नो हेरचाह गर्न नसक्ने ३० जना महिला तथा पुरुष व्यक्तिहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्यक्रम को नविकरण का साथै बायोमेट्रिक प्रणाली मा आवद्ध गराईएको र केही संख्या अझै बाँकी रहेको ले अभियान जारी रहेको र यस कार्यमा यस वडा का अध्यक्ष तथा सबै सदस्यहरु समेत सक्रिय रूपमा लागिरहेको वडा सचिव रण बहादुर रावतले जानकारी दिए ।

वडा नं ७ वडा कार्यालयले हिँड्डुल गर्न नसक्ने ९१ वर्षका गन वहादुर खत्री ८७ वर्ष का राम प्रसाद सुवेदी ८४ वर्ष का जुद्ध बहादुर खत्री लगायत ले यसरी ७ नं वडा कार्यालयले घर मै पुगेर सेबा दिएकोमा खुसी व्यक्त गरेका थिए साथै यस वडा ले विपन्न परिवारका ७० घर परिवारको वडा को बजेट बाट स्वास्थ्य विमा कार्यक्रम मा सहभागी गराईएको समेत वडा अध्यक्ष राधेश्याम थारू ले जानकारी दिएका थिए । विगत वर्ष देखी नै ९० वर्ष माथिका जेष्ठ नागरिक र अति अशक्त लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण लगायतका कार्य गर्न थालेको हो ।

गत वर्ष केही लाभग्राही हरु कार्यालयसम्म पुग्न नसक्दा भत्ता नपाएको देखिएपछि यो प्रक्रिया सुरु गरिएको हो। यसै गरी बढैयाताल गाउँपलिका वडा नं ९ ले पनि यस वर्ष देखी अति अशक्त जेष्ठ नागरिकहरुलाई प्राथमिकता मा राखी घर घरमै पुगेर सामाजिक सुरक्षा कार्यक्रम नविकरण, स्वास्थ्य जाँच लगायतका सेवा दिन थालिएको वडा नं ९ का अध्यक्ष विर वहादुर थारू ले जानकारी दिए भने उनका अनुसार यस वडामा ५० जना भन्दा बढीले अशक्त भएको कारण वडा सम्म पुगी सेवा लिन नसक्ने भनि निवेदन दिएकाे मा हाल सम्म ३० जनालाई घर मै पुगेर लाभग्राहीको परिचयपत्र नवीकरण गराई सकेका छौ भने हिड्डुल गर्न नसक्ने अन्य बांकी लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा (सासु) भत्ताका लागि परिचयपत्र नवीकरण गराउने बताए ।

सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार लाभग्राहीले भदौसम्म स्वयं गाऊपालिका वा वडा कार्यालयमा पुगेर परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधान छ । तर, विगत वर्ष केही ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त व्यक्तिले कार्यालयसम्म पुग्न नसक्दा भत्ता पाउन वाट वञ्चित भएको भन्ने जनगुनासो आएपछि घरमै पुगेर परिचयपत्र नवीकरण गर्न थालिएको वडा नं ९ का अध्यक्ष विर बहादुर थारू ले बताए । परिचयपत्र नवीकरण गराउन वडा सचिव सहित वडा अध्यक्ष आफैं खटिएका छन् भने यस कार्यमा वडा सदस्यहरु लाई समेत परिचालन गरिएको वडा अध्यक्ष ले बताए । विगतमा सामाजिक सुरक्षा भत्ता बापतको केही रकम फिर्ता भएको पाएपछि सोधखोज गर्दा केही लाभग्राहीले नवीकरण नै नगराएको जानकारी पाए,’ उनले भने ‘केही लाभग्राहीको परिचयपत्र नवीकरण गराए पनि, अन्य त्यस्ता लाभग्राही पहिचान गर्न वडाका जनप्रतिनिधि खटाइसकेका छौं उनका अनुसार भदौसम्म सबै वडामा पुगेर हिँड्डुल गर्न नसक्ने लाभग्राहीको सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरण गरिसक्ने लक्ष्य छ ।

सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातजाति, आफ्नो हेरचाह आफैं गर्न नसक्ने व्यक्ति, विपन्न नागरिक, अशक्त र असहाय तथा बाल पोषणका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP