Trend
शनिबार , फागुण २, २०८२

बर्दियामा भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा प्रदर्शन

बर्दिया – सरकारले अघि सारेको भूमि विधेयक किसान र भूमिहीनको हितविपरीत रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले बर्दियामा प्रदर्शन गरेको छ।

जसपाका युवा नेता पप्पु यादवले भूमि विधेयक भूमिहीनलाई अधिकार दिनुको साटो ठूला–ठूला व्यक्तिहरू र दुई ठूला दलका नेताहरुलाई मात्र फाइदा पुग्ने दाबी गरे। उनले विधेयकलाई मधेश विरोधी समेत भएको टिप्पणी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरे।जसपा नेपालले भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भूमाफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भई तराई–मधेश मरुभूमीकरण हुने भन्दै प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा सहभागीहरूले भूमि विधेयक खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए। प्रदर्शनपछि आयोजित विरोध सभामा वक्ताहरूले विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु


TOP