Trend
बुधबार , कार्तिक २०, २०८२

१४ भदौ, बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

शनिबार बुटवलमा पत्रकारहरूसँग बोल्दै राठौरले सभापति बन्न आफूलाई वर्तमान सभापति शेरबहादुर देउवाको साथ पाउने दाबी गरे ।

‘पार्टीलाई एकताबद्ध बनाउन र मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न म सक्षम र योग्य नेतृत्व हो’, राठौरले भने, ‘मलाई सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहन्छ ।’

राठौरले आफू प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले नभई कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहेको बताए । ‘कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन् त्यसैले लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन म सभापति बन्नुपर्छ’, राठौरले भने ।

प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिबद्धता बताए ।

सत्ता समीकरणबारे उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने अन्यथा कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्ने बताए ।

सरकारको नेतृत्व हस्तान्तरण गर्ने एमालेको प्रतिबद्धताप्रति पूर्ण विश्वास गर्न नसकिने संकेत गर्दै उनले इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ अन्यथा नटिक्ने बताए ।सभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP