Trend
बुधबार , कार्तिक २०, २०८२

 

श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि छलफल

ज्ञानेन्द्र पोख्रेल

 /भाद्र १५  / बढैयाताल बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकामा श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि कार्यशाला आज सम्पन्न गरिएको छ ।

बढैयाताल गाउँपालिकाको समन्वय तथा एक्सन एड र कमैया महिला जागरण समाजको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत कार्यशालाको आयोजना गारिएको जानकारी र कार्यक्रमको औचित्व बारे कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरी ले गराएका थिए ।

श्रमिकहरुको हकहित र अधिकारको सुनिश्चितताका लागि पालिकालाई उत्तरदायि र कानुनी प्रक्रिया सहज बनाउनका लागि कार्यशालाको आयोजना गरिएको हो । सो अवसरमा नेपालमा श्रम कानुको इतिहास, श्रम ऐन २०४७ (संशोधन २०७५)मा भएको मुख्य प्रावधान र स्थानिय सरकार सञ्चालन  ऐन २०७४ मा भएको रोजगारी तथा श्रमिकसँग सम्बन्धित मुख्य व्यवस्था तथा श्रम डेक्स निर्देशिका को मस्यौदा माथी छलफल तथा सहजीकरण बढैयाताल रोजगार शाखा प्रमुख भरत वि क ले गरेका थिए।

 कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू योजना शाखा का उसमान साई , सुचना प्रविधि शाखा का प्रमुख कमल खड्का , पालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, रोजगार शाखाका प्रमुख भरत वि क विभिन्न शाखाका शाखा प्रमुखहरु, नागारिक सरोकार मञ्चका पदाधिकारीहरु , संन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 यस कार्यक्रम वाट बढैयाताल गाऊ पालिका मा श्रमिक डेक्स निर्देशिका सम्बन्धी मस्यौदा माथी कार्यपालिका मा छलफल गरि पारित गर्ने र छिटो भन्दा छिटो कार्यान्वयमा ल्याउन पहल गर्ने प्रतिवद्धता बढैयाताल गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू र उपस्थित कार्यपालिका सदस्यहरु ले गरेका थिए भने कार्यक्रम बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी को सभापतित्व मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP