Trend
मंगलबार , भाद्र ३०, २०८३

लागू औषधसहित बढैयातालबाट बाँसगढीका दुई जना पक्राउ

ए टिभी न्युज नेपाल

बर्दिया, भदौ १६/लागू औषधसहित दुई जनालाई प्रहरीले बढैयातालबाट पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका स्थितबाट लागू औषधसहित बासगढीका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थित शंकास्पद रुपमा हिडिरहेका बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम र शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट बाँसगढी नगरपालिका–५ का २६ वर्षीय राम चौधरीलाई ९ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP