Trend
मंगलबार , भाद्र ३०, २०८३

दुई फरार प्रतिवादी पक्राउ

ए टिभी न्युज नेपाल

बर्दिया, भदौ १७/लागू औषध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४ का २३ वर्षीय निरज कार्की र गुलरिया नगरपालिका–१२ का नादिर हुसेन शेषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विस २०८१ साल असार १० गते जिल्ला अदालतले लागू औषध सम्बन्धि मुद्दामा कार्कीलाई ४ महिना ६ दिन कैद र रु २ सय पीडित राहत कोषमा जम्मा हुनेगरि फैसला गरेको थियो ।
यस्तै गत असार २४ गते उच्च अदालत तुल्सीपुर नेपालगंजले लागू औषध मुद्दामा शेषलाई ४ वर्ष कैद र रु ५ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना र सजाय तोकेदेखि दुवै जना फरार रहेका थिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मंगलबार अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP