Trend
बिहिबार , कार्तिक २८, २०८२

दुई फरार प्रतिवादी पक्राउ

ए टिभी न्युज नेपाल

बर्दिया, भदौ १७/लागू औषध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४ का २३ वर्षीय निरज कार्की र गुलरिया नगरपालिका–१२ का नादिर हुसेन शेषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विस २०८१ साल असार १० गते जिल्ला अदालतले लागू औषध सम्बन्धि मुद्दामा कार्कीलाई ४ महिना ६ दिन कैद र रु २ सय पीडित राहत कोषमा जम्मा हुनेगरि फैसला गरेको थियो ।
यस्तै गत असार २४ गते उच्च अदालत तुल्सीपुर नेपालगंजले लागू औषध मुद्दामा शेषलाई ४ वर्ष कैद र रु ५ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना र सजाय तोकेदेखि दुवै जना फरार रहेका थिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मंगलबार अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP