Trend
बुधबार , कार्तिक २०, २०८२

✍️अफजल खान

बर्दिया —ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको एक हजार पाँच सयौं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार गुलरियामा मनाइएको छ ।

 यस कार्यक्रमको उदघाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नु भएको थियो।जिल्ला प्रहरी कार्यालयको प्रमुख  शसस्त्र प्रहरी बलका प्रमुख लगायतहरुको उपस्थिति रहेको थियो। बर्दिया जिल्लाको सदरमुकाम गुलरिया, लालपुर, गुलरियागाउ,डेब्बा लगायत  विभिन्न क्षेत्रमा मुस्लिम समुदायले बाजागाजासहित र्‍याली, सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै मोहम्मद डे मनाएका छ्न।

गुलरियास्थित जि.प्र.का चोकबाट सुरु भएको र्‍याली राधाकृष्ण चोक हुँदै गुलरियागाउ हुँदै सुन्नि जामा मस्जिद अगाडि पुगेर समापन भएको थियो ।

रबीउल अव्वल महिनाको पावन अवसरमा इस्लाम धर्मका संस्थापक तथा रहमतुल्लिल आलमिन हजरत मुहम्मद ﷺ को १५०० औं जन्मोत्सव विश्वभर श्रद्धा र भक्तिपूर्वक मनाएका छ्न।?मोहम्मद डे का दिन मुस्लिम परिवारले घर–घरमा हरियो झन्डा राख्ने चलन रहेको मुस्लिम अगुवा नसिम हल्वाइले बताए । साथै यस दिन गरिब तथा असहायलाई भोजन खुवाउने र सहयोग गर्ने परम्परा रहेको उनले बताए ।

धार्मिक स्थलहरूमा विशेष कार्यक्रम, कुरआन तिलावत, दुवा र सद्भावका संदेशहरू र यसै सन्दर्भमा धार्मिक अगुवाहरूले पैगम्बर मुहम्मद ﷺ को जीवनशैलीबाट प्रेरणा लिनु आजको समयमा अपरिहार्य रहेको बताएका छन्।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शान्ति, सद्भाव र समृद्धिका लागि शुभकामना व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP