पालिकाले गऱ्यो उत्कृष्ट विद्यालय र विद्यार्थी लाई सम्मान:
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बढैयाताल गाउपालिकाले उत्कृष्ट विद्यालय र विद्यार्थी हरुलाई औपचारिक कार्यक्रम गरी यहि भाद्र २३ गते सम्मान गरेको छ । सेप्टेम्बर ८ अन्तराष्ट्रिय साक्षरता दिवस को अवसरमा बढैयाताल गाउपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालय मध्ये यस बर्ष को एस ई ई परिक्षामा धेरै विद्यार्थी उतिर्ण गराउने विद्यालय र उत्कृष्ट अंक ल्याउने विद्यार्थी हरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
बढैयाताल गाउपालिका भित्र रहेका र गएको शैक्षिक सत्रमा १४ वटा सामुदायिक र ४ वटा निजि विद्यालयहरु गरि जम्मा १९ वटा विद्यालय हरु एसईई परिक्षामा सहभागी भएका थिए भने उत्कृष्ट हुने विद्यालयहरु सामुदायिक तर्फ प्रथम भगवती संस्कृत तथा साधारण मावि वडा नं ८ तिलकाना जसले यस वर्ष ८४. ३८ % विद्यार्थी उतिर्ण गराएको थियो।
दोस्रो हुने शारदा माध्यमिक विद्यालय बढैयाताल -६ मैनापोखर र तृतिय दिय ज्योति माध्यामिक विद्यालय वडा नं १ डाँफे रहेका छन् भने संस्थागत तर्फ प्रथम हुने कृष्णसार बिधा निकेतन वडा नं ६ मैनापोखर , बर्दिया एकेडमी बडा नं ८ कालीका र जेनिथ एकेडेमी जमुनी ले १००% बिदार्थी उतिर्ण गराएका थिए यसै गरी संस्थागत तर्फ दोस्रो हुने शुभकामना एकेडेमी वडा नं ८ कण्ठपुर रहेका छन्
यसरी उत्कृष्ट हुने विद्यार्थीहरु मा समुदायिक तर्फ छात्र मध्ये पंकज थारु भगवती संस्कृत तथा साधारण मावि छात्रा तर्फ झरना न्यौपाने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वडा नं ७ पडरिया , संस्थागत तर्फ सुजन धामी कृष्णसार विद्या निकेतन , पुरुषोतम शाह शुभकामना एकेडेमी र छात्रा तर्फ आरोही श्रेष्ठ बर्दिया एकेडेमी का रहेका छन् साथै उत्कृष्ट हुने विद्यार्थी हरु लाई समेत नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम का प्रमुख अतिथि निर्वतमान लुम्बिनी प्रदेश सभा सदस्य कविराम थारू ले सबै मिलेर मात्र शैक्षिक सुधार गर्न सकिने भएकोले सबै ले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिएका थिए भने स्थानिय सरकारले विकाश भनेको बाटोघाटो मात्र भन्ने गरेकोले शिक्षामा बजेट कम विनियोजन गरेको कारण शैक्षिक क्षेत्र को अवस्था कमजोर देखिएको धारणा राखेका थिए।
यस कार्यक्रममा बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी , कार्यकारी अधिकृत अर्जुन थारू, वडा अध्यक्ष हरु कार्यपालिका सदस्यहरु, राजनैतिक दल का पालिका प्रमुखहरु विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्ष हरु लगायत को उपस्थिती रहेको थियो भने कार्यक्रम सामाजिक विकाश समितिका संयोजक तुलराम थारू को सभापतित्व भएको थियो ।






