Trend
बिहिबार , माघ २, २०८२

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /  यहि भाद्र २४ गते बाँके नौवस्ता कारागार बाट अन्य कैदी संगै फरार रहेका २ जना फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय मैनापोखर ले हिजो भाद्र २९ गते राती पक्राउ गरेको छ ।

जिल्ला बाके कोहलपुर नगरपालिका वडा नं २ विकासनगर घर भएका वर्ष २८ का ध्रुव राज सिंह ठकुरी डॉका चोरी र लागु औषध ब्राउन सुगर मुद्दाका प्रतिवादी हुन भने अर्को जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं ४ गणेशचोक घर भएका वर्ष २१ का रोशन बस्याल लागु औषध मुद्दाका प्रतिवादी लाई यहि भाद्र २९ गते बढैयाताल वडा नं १ को शान्तीपुर गाऊमा रातको समयमा शंकास्पद अवस्थामा हिडिरहेको बेला पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरिक्षक राजेश साहु तेली ले जानकारी दिएका छन्

यस भन्दा अगाडि पनि मैनापोखर प्रहरीले एक जना हाडनाता करणी मुद्दामा सजाय भोगीरहेका चितवन कारागार वाट फरार व्यक्ति लाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP