Trend
बुधबार , कार्तिक २०, २०८२

अन्तरपालिका फुटबल प्रतियोगिता को सार्वजनिक सुनवाई सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / मयुरयुवा क्लव बढैयाताल वडा नं ८ ले आयोजना गरी सम्पन्न भएको अन्तरपालिका स्तरीय छैठ्ठौअध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी र खर्चको सार्वजानिक सुनवाई आज भाद्र ३१ गते सम्पन्न गरिएको छ ।

बढैयाताल गाउपालिका संरक्षक रहेको अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ बैषाख २ गते देखि ९ गते सम्म मयुर युबा क्लब को खेल मैदान बढैयाताल वडा नं ८ नयाँबस्ती मा सम्पन्न भएको थियो ।

यस अन्तर पालिका फुटवल प्रतियोगितामा बर्दिया जिल्ला का आठ बटै नगरपालिका र गाउँपालिका सहभागी भएका थिए भने यस प्रतियोगिता मा प्रथम ठाकुरबाबा नगरपालिका द्वितिय बाँसगढी नगरपालिका भएका थिए।

प्रथम हुने लाई १ लाख १ हजार १ सय ११ रुपैया र द्वितिय हुने लाई ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।बढैयाताल गाउपालिका वडा नं ८ को विषेश आर्थिक सहयोग मा सम्पन्न भएको थियो ।

प्रतियोगितामा गाउपालिका ,वडा कार्यालय , विभिन्न संघ संस्था तथा व्यक्ति लगायत उद्योगी व्यवसायी हरु को समेत आर्थिक सहयोग रहेको थियो भने खेल सम्पन्न गर्न को लागी ५ लाख ४१ हजार ४ सय ६१ रुपैया आर्थिक संकलन गरिएको र खेल सम्पन्न गर्दा ४ लाख ६५ हजार ८ सय ९१ रुपैया खर्च भई ७५ हजार ५ सय ७५ रुपैया बचत भएको र बचत मध्ये केही सहयोगी निकाय बाट १४ हजार रुपैया उठ्न बाँकी रहेकोले खुद बचत ६१ हजार ५ सय ७० रुपैया बचत भएको सार्वजनिक सुनवाई कार्यक्रममा मयुर युबा क्लब का कोषाध्यक्ष सम्शेर मल्ल ले प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक गरेका थिए।

 उक्त फुटवल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने गाउपालिका, वडा कार्यालय हरु, विभिन्न संघ संस्था , युवा क्लव का सदस्यहरु, युवा गोचाली क्लव , पालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्षहरु , संन्चारकर्मी हरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै लाई प्रतिवेदनमा धन्यवाद व्यक्त गरिएको थियो।

 यस सार्वजानिक सुनवाई कार्यक्रम मयुर युबा क्लब का अध्यक्ष ईश्वर बहादुर मल्ल को सभापतित्वमा भएको थियो भने कार्यक्रम मा प्रमुख अतिथि बडा नं ८ का अध्यक्ष तेजनाथ पौडेल ले खेलकुद को माध्यम बाट युवा हरु लाई रचनात्मक कार्य मा जोड्न यस युवा क्लब को अहम भूमिका रहेको र यस ८ नं वडा कार्यालय ले युवा र खेल जगत लाई गर्नु पर्ने सहयोग निरन्तर गर्ने प्रतिवद्धता जनाएका थिए

 यस कार्यक्रममा वडा सदस्यहरु डिल्ली प्रसाद गौतम , कृष्ण कला सुनार, युवा क्लब का सदस्यहरु, विभिन्न निकायका व्यक्तिहरु , संघ संस्था का प्रतिनिधि संन्चार कर्मी लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन युवा क्लब का सल्लाहकार हिक्मत सुनार ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP