बर्दिया,असोज ८ /गोहीको आक्रमणमा परी बेपत्ता भएका युवालाई खोज्न दुई वटा हात्ती परिचालन भएका छन् । मंगलबार बिहान देखि बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा हात्ती परिचालन भएका हुन् ।
गेरुवा गाउँपालिका–२ राजीपुरमा रहेको गेरुवा भङ्गालोमा भैंसीलाई पानी खुवाउन गएको बेला २५ वर्षिय विवश थारुलाई गोहीले आक्रमणमा गरी सोमबार बेपत्ता बनाएको थियो ।
मंगलबार बिहान देखि दुई हात्ती, नेपाली सेना,निकुञ्ज कर्मचारी,प्रहरी र स्थानीयको सक्रियतामा खोजी भएपनि साँझसम्म बेपत्ता युवाको अवस्था अज्ञात रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोज मणी पौडेलले जानकारी दिए ।





