बर्दियामा बजार अनुगमन : म्याद नाघेका सामग्री जफत
अनुगमन टोलीले व्यापारीहरुलाई उपभोक्ता हित विपरीत हुने गतिविधि नगर्न चेतावनी दिँदै देखिएका कैफियत सुधार गर्न आवश्यक निर्देशन समेत दिएको छ।व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य र अधिकारप्रति संवेदनशील हुन निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ।
अफजल खान
बर्दिया, २०८२ असोज ८ – जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एवम् निरीक्षण अधिकृत विमल गुरुङको नेतृत्वमा गुलरिया नगरपालिकाअन्तर्गतका विभिन्न बजार क्षेत्रहरूमा अनुगमन गरिएको छ।
अनुगमनका क्रममा म्याद नाघेका सामानहरू फेला परेका थिए। सो क्रममा रु. १,७९० बराबरका सामग्री जफत गरी नष्ट गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ।
अनुगमन टोलीले व्यापारीलाई उपभोक्ता हित विपरीत हुने गतिविधि नगर्न चेतावनी दिँदै देखिएका कैफियत सुधार गर्न आवश्यक निर्देशन समेत दिएको छ।
यस अनुगमनमा गुलरिया नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





