Trend
आइतबार , भाद्र २८, २०८३

दशै बिदामा बालबालिकाको परियोजना कार्य ,सिर्जनशीलता र उपयोगिता

(कृष्ण बहादुर विश्वकर्मा गु.न.पा. ५ बुद्धनगर)

बर्दिया,गुलरिया असोज,देशभरि मनाइने महान चाड दशै ,तिहार र छठ पर्वका अवसरमा विद्यालयहरु लामो समयका लागि बन्द हुने प्रचलन छ ।

तर लामो बिदाले विद्यार्थीहरुको अध्ययन निरन्तरतामा असर नपरोस भन्ने उद्देश्यले विभिन्न शैक्षिक संस्थाले पछिल्ला वर्षहरुमा परियोजना कार्यको परम्परा शुरु गरेका छन् । यस अन्र्तगत विद्यार्थीलाई चित्रकला,निबन्ध लेखन, विज्ञान प्रयोग,वातावरण संरक्षण,सांस्कृति अनरसन्धान तथा सामाजिक सन्देश सम्बन्धित कार्यहरु दिने गरिएको छ ।

शिक्षा विद्धहरुको भनाईमा यस किसिमका परियोजना कार्यले विद्यार्थीहरुमा सिर्जनशील बनाउँन,अनुसन्धान क्षमता अभिवृद्धि गर्न तथा व्यवहारिक ज्ञान हासिल गर्न मदत पुर्‍याउँछ ।

साथै बालबालिकामा सामाजिक जिम्मेवारीबोध र सांस्कृतिक मूल्यप्रतिको समझदारी बढाउँने कार्यमा पनि यस्ता क्रियाकलाप प्रभावकारी ठहरिएका छन् । अभिभावकहरुले समेत विद्यालयको यस्तो पहललाई सकारात्मक मानेका छन् । उनिहरुको भनाईमा परियोजना कार्यका कारण बालबालिकाले दशै तिहार जस्ता र्सास्कृतिक पर्वको महत्व बुझन पाएका छन् भने परिवार सँग बिताएको समयलाई शैक्षिक दृष्टिले समेत उपयोगी बनाउँन सकेका छन् ।

यसरी दशै तिहारको लामो विदालाई रमाईलो मात्र नभई शिक्षामूलक र सिर्जनात्मक रुपमा उपयोग गर्ने परियोजना कार्यले विद्यार्थीहरुलाई भविश्यमा सक्षम,विम्मेवारी र आत्मविर्भर नागरिक बनाउँन विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP