Trend
बिहिबार , जेठ २८, २०८३

मधुवनमा बालबालिकाका लागि हेरकट र फलफुल वितरण कार्यक्रम

बर्दिया / ७०औ प्रहरी दिवस अवसरमा प्रहरी चौकी धनौरा बर्दिया का ईन्चार्ज प्रहरी सहायक निरिक्षक लोकेन्द्र राज आर सी को सहकार्यमा  माया सदन बालगृहका बालबालिकाहरूलाई हेरकटिङ तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम प्रहरी चौकी धनौरा, बर्दियाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक लोकेन्द्र राज आर सीको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा स्टुडियो ब्लेन्ड्ज बारबर शप, कोहलपुर बाँकेकी सञ्चालक एलिजा आर सी र दा ब्युटी एकेडेमी एण्ड नेल एक्सपो, कोहलपुर बाँकेको विशेष सहयोग रहेको थियो।

कार्यक्रमका क्रममा बालगृहका बालबालिकाहरूको हेरकटिङ गरिनुका साथै फलफुल वितरणसमेत गरिएको थियो। यस्तो सामाजिक गतिविधिले बालबालिकामा खुशी र आत्मविश्वास बढाउने उद्देश्य राखिएको आयोजकहरूले जनाएका छन्।

प्रहरी सहायक निरीक्षक लोकेन्द्र राज आर सीले यस्ता साना सामाजिक पहलहरूले समुदायमा सहयोग र सद्भाव फैलाउन ठूलो भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP