Trend
बिहिबार , अषोज २२, २०८३

मधुवनमा बालबालिकाका लागि हेरकट र फलफुल वितरण कार्यक्रम

बर्दिया / ७०औ प्रहरी दिवस अवसरमा प्रहरी चौकी धनौरा बर्दिया का ईन्चार्ज प्रहरी सहायक निरिक्षक लोकेन्द्र राज आर सी को सहकार्यमा  माया सदन बालगृहका बालबालिकाहरूलाई हेरकटिङ तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम प्रहरी चौकी धनौरा, बर्दियाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक लोकेन्द्र राज आर सीको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा स्टुडियो ब्लेन्ड्ज बारबर शप, कोहलपुर बाँकेकी सञ्चालक एलिजा आर सी र दा ब्युटी एकेडेमी एण्ड नेल एक्सपो, कोहलपुर बाँकेको विशेष सहयोग रहेको थियो।

कार्यक्रमका क्रममा बालगृहका बालबालिकाहरूको हेरकटिङ गरिनुका साथै फलफुल वितरणसमेत गरिएको थियो। यस्तो सामाजिक गतिविधिले बालबालिकामा खुशी र आत्मविश्वास बढाउने उद्देश्य राखिएको आयोजकहरूले जनाएका छन्।

प्रहरी सहायक निरीक्षक लोकेन्द्र राज आर सीले यस्ता साना सामाजिक पहलहरूले समुदायमा सहयोग र सद्भाव फैलाउन ठूलो भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP