Trend
बुधबार , कार्तिक २०, २०८२
घटना हुनु लगतै प्रहरीलाई १०० मा कल गरि घटनाको विवरण अवगत गराउनु पर्दछ उनीहरूका अनुसार, बजार क्षेत्रमा मात्र होइन, गाउँघरमा पनि चोरले जनताको सामान खोस्ने, पशुपक्षी,खसी बाख्राहरु छोरि गर्ने वा हराउने र नगद वा अन्न बालि चोरी गर्ने घटना बढ्दो क्रममा छ ।
कृष्ण बहादुर बिश्वकर्मा

बर्दिया, असोज ३० बर्दिया जिल्लामा पछिल्ला केही सातादेखि चोरीका घटनाहरू दिनदहाडै बढ्दै गएपछि स्थानीय बासिन्दा त्रासमा परेका छन् । बिहानदेखि दिउँसोको समयसम्म पनि चोरहरूको सक्रियता देखिन थालेपछि सर्वसाधारणले आफ्नो घर, पसल र सामान सुरक्षित राख्न मुस्किल परेको गुनासो गरेका छन् ।

गुलरिया बजारमा दिउँसोको समयमा नै अज्ञात व्यक्तिले साईकल,मोटर साईकल ,मोबाइल र नगद तथा अन्य समान चोरी गरेको घटना सुन्नमा आईरहेको छ । अफिसको काम सकेर फर्कँदा राखेको साधन हराउने गरेको पईएकोंछ । यस्तै, ठुलो बस्ती क्षेत्रका घरहरूमा पनि चोरहरूको आँखा पुगेको देखिन्छ ।

पहिले राति चोरी हुन्थ्यो तर अहिले त दिन दहाड चोरीको घटना बडदो क्रममा रहेको हुदा एक्लै घरमा बस्न पनि डर लाग्दो अबस्था सृजना भएको साथै बृद्धा महिलाहरुको कानका सुन खोस्ने ,हत्या गर्ने जस्ता गम्मिर जघन्या अपराध भईरेको हुदा घरमा एक्लै वा सबै जना बस्दा पनि ढोका बन्द गरेर बस्नुपर्छ ।

घरमा वृद्ध वा साना बालबालिका मात्र भए पनि चोरहरू नडराई पस्छन् र अप्रिय घटना घटाउछ तसर्थ प्रहरीहरुको मध्यनगर घटनाहरू नियन्त्रण गर्न गस्ती बढाउनुपर्ने देखिन्छ । तर स्थानीय बासिन्दाले प्रहरीलाई छिटो भन्दा छिटो सूचना दिनुपर्ने साथै वरपर छर छिमेकहरुको सम्पर्क नम्बर पनि राख्नु पदर्छ ।

घटना हुनु लगतै प्रहरीलाई १०० मा कल गरि घटनाको विवरण अवगत गराउनु पर्दछ उनीहरूका अनुसार, बजार क्षेत्रमा मात्र होइन, गाउँघरमा पनि चोरले जनताको सामान खोस्ने, पशुपक्षी,खसी बाख्राहरु छोरि गर्ने वा हराउने र नगद वा अन्न बालि चोरी गर्ने घटना बढ्दो क्रममा छ । यस्तो घटनाहरुलाई प्रहरी प्रशासनले गम्भीर भएर काम गर्न/गराउन जरुरी देखिएको छ ।सामाजिक सञ्जालहरूमा पनि बर्दियाका नागरिकहरूले चोरीका घटनाबारे आक्रोश पोखिरहेका छन्। एका तर्फ चोरहरुको बिगबिगी अर्को तर्फ वन्यजन्तुकोहरुको त्रासभएको अवस्थामा नागरिकहरु अन्योलमा परेका छन् तर नागरिकको सहयोगबिना चोरी नियन्त्रण कठिन हुने एक पक्ष पनि हो । चोरलाई समात्न घर घर बाट प्रत्येक नागरिक जाग्नु पर्दछ प्रत्येक वडामा स्वयंसेवक र प्रहरीबीच समन्वय भएमा यस्ता घटना रोक्न सजिलो हुन्छ ।

अहिले जिल्लाभर त्रास फैलिएको अवस्थामा राति कता बाटआउने हो भनि मनमा त्रासले मानिसहरु बिरामी नै पर्न थालेको सुन्नमा आउँ थालेका छन् । नागरिकहरू घरमा ताल्चा लगाएर काममा निस्कन डराइरहेका छन् । बजारमा निगरानी क्यामेरा राख्ने र रात-दिन गस्ती सशक्त बनाउने माग बढ्दो छ ।यदि चोरी नियन्त्रण गर्न सकिएन भने बर्दियामा अपराधीहरूको मनोबल झन् बढ्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP