Trend
बिहिबार , माघ २, २०८२

धुवाँरहित गाँउ अभियान कार्यक्रम सञ्चालन बारे अभिमुखिकरण बैठक सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया  / एस एन भि नेपाल को आयोजनामा बढैयाताल गाउँपालिकामा धुवाँरहित गाऊ अभियान सन्चालन सम्बन्धी १ दिने अभिमुखिकरण बैठक यहि अश्विन २९ गते बढैयातालमा सम्पन्न भएको छ ।

बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एस एन भि नेपालका कार्यक्रम अधिकृत सुभाष ढकाल ले अबको दुई वर्ष सम्म यस संस्थाले बढैयाताल गाउपालिका भित्र कार्यक्रम गर्ने र कसरी गाऊ घर हरुलाई धुवाँरहित गाँउ बनाई धुवाँ बाट लाग्ने रोगबाट मृत्यु हुनेको संख्या कसरी घटाउन सकिन्छ भन्ने सवालमा यस बढैयाताल गाउपालिका संग को समन्वयमा र सहकार्यमा धुवाँरहित गाऊ बनाउनको लागी टोल स्तर बाट गर्ने सकिने कृयाकलाप संन्चालन गर्ने

गाऊघरमा सकभर काठ दाउरा र गोवर गुईठाको प्रयोग लाई निरुत्साहित गर्दै नविकरणिय उर्जा प्रयोग मा प्रोत्साहन गर्न , सबै घरधुरीमा सफा चुलो प्रयोग गर्ने वातावरण निर्माण गर्ने , देशमा उर्जा उत्पादन बढ्दै गैरहेको अवस्थामा विद्युतीय चुलो को प्रयोग बढाउन स्थानिय सरकारले दिन सक्ने छुट अनुदान मा चुलो बितरण गर्ने जस्ता कार्यक्रम वारे अभिमुखिकरण गरिएको थियो।

 ग्याँस को प्रयोग भन्दा विद्युतीय चुलोको प्रयोग सस्तो मूल्य पर्ने भएकोले यसको प्रयोग गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । भने यस कार्यक्रममा बढैयताल गाउपालिका का उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रशासकिय अधिकृत अर्जुन थारू सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक वन का प्रतिनिधिहरु, नागरिक समाज का प्रतिनिधि, रेडक्रस का प्रतिनिधि संचार कर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP