Trend
आइतबार , भाद्र २८, २०८३

धुवाँरहित गाँउ अभियान कार्यक्रम सञ्चालन बारे अभिमुखिकरण बैठक सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया  / एस एन भि नेपाल को आयोजनामा बढैयाताल गाउँपालिकामा धुवाँरहित गाऊ अभियान सन्चालन सम्बन्धी १ दिने अभिमुखिकरण बैठक यहि अश्विन २९ गते बढैयातालमा सम्पन्न भएको छ ।

बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एस एन भि नेपालका कार्यक्रम अधिकृत सुभाष ढकाल ले अबको दुई वर्ष सम्म यस संस्थाले बढैयाताल गाउपालिका भित्र कार्यक्रम गर्ने र कसरी गाऊ घर हरुलाई धुवाँरहित गाँउ बनाई धुवाँ बाट लाग्ने रोगबाट मृत्यु हुनेको संख्या कसरी घटाउन सकिन्छ भन्ने सवालमा यस बढैयाताल गाउपालिका संग को समन्वयमा र सहकार्यमा धुवाँरहित गाऊ बनाउनको लागी टोल स्तर बाट गर्ने सकिने कृयाकलाप संन्चालन गर्ने

गाऊघरमा सकभर काठ दाउरा र गोवर गुईठाको प्रयोग लाई निरुत्साहित गर्दै नविकरणिय उर्जा प्रयोग मा प्रोत्साहन गर्न , सबै घरधुरीमा सफा चुलो प्रयोग गर्ने वातावरण निर्माण गर्ने , देशमा उर्जा उत्पादन बढ्दै गैरहेको अवस्थामा विद्युतीय चुलो को प्रयोग बढाउन स्थानिय सरकारले दिन सक्ने छुट अनुदान मा चुलो बितरण गर्ने जस्ता कार्यक्रम वारे अभिमुखिकरण गरिएको थियो।

 ग्याँस को प्रयोग भन्दा विद्युतीय चुलोको प्रयोग सस्तो मूल्य पर्ने भएकोले यसको प्रयोग गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । भने यस कार्यक्रममा बढैयताल गाउपालिका का उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रशासकिय अधिकृत अर्जुन थारू सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक वन का प्रतिनिधिहरु, नागरिक समाज का प्रतिनिधि, रेडक्रस का प्रतिनिधि संचार कर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP