Trend
बुधबार , कार्तिक २०, २०८२

‍खैरीकी पार्वती थारूको फूल खेतीमा सफलता
गुलरियाको महिला आत्मा निर्भर बन्ने उदाहण बिहानैदेखि फूल टिप्ने, माला बनाउने र बजार पठाउने काममा उनी व्यस्त रहने गर्छिन्। उनका अनुसार अहिले दैनिक रूपमा स्थानीय बजारबाटै ३ देखि ५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
उनका बुबा भन्छन्, छोरीले पढ्दै कमाउन सक्ने बाटो देखाइरहेकी छ।

कृष्ण बहादुर विश्वकर्मा

गुलरिया नगरपालिका ३ (खल्ला)खैरीकी पार्वती थारू पढाइसँगै फूल खेतीमा सफल, बाहिरी सहरसम्म फूलको बिक्री एक बिगाहा जग्गामा फूल खेती गर्दै पार्वती थारू आत्मनिर्भर जीवनको उदाहरण बन्न सफल, बर्दियाबाट नेपालगञ्ज बुटवल ,चितवन र काठमाडौंसम्म फूल आपूर्ति।
गुलरिया (बर्दिया), असोज ३० – गुलरिया नगरपालिका–३ (खल्ला)खैरीकी पार्वती थारू पढाइसँगै फूल खेती गरेर गाउँमै आत्मनिर्भर बन्ने उदाहरण बनेकी छिन्। उनले आफ्नो एक बिगाहा खेतमा विभिन्न प्रजातिका फूल खेती गर्दै उल्लेखनीय आम्दानी गर्न थालेकी छन्।

शुरुमा सानो स्तरमा सुरु गरिएको खेती अहिले व्यापारिक रूपमा फैलिँदै गएको छ। पार्वतीले सयपत्री फुलजस्ता फूलहरूको खेती गर्दै आएकी छिन्। उनले उत्पादन गरेका फूलहरू गुलरिया, नेपालगञ्ज, बुटवल ,चितवन र काठमाडौं सम्म आपूर्ति हुने गरेका छन्। उनले B.Sc. Agriculture वा Bachelor of Science in Agriculture पढाइसँगै समय सदुपयोग गर्ने उद्देश्यले उनले चार वर्षअघि फूल खेती सुरु गरेकी थिइन्। पार्वती भन्छिन्, सुरुमा घर सजाउनका लागि केही बोट रोपेको थिएँ। माग बढेपछि व्यवसायकै रूपमा अघि बढाएँ। अहिले उनले स्थानीय युवतीहरूलाई समेत फूल खेती सिकाउने कार्य गर्दै आएकी छिन्।तर अहिले आफ्नो पढाईसकेर निरन्तर फूलहरुमा समय दिईरहेकी बताउछिन।

उनको बगैँचामा अहिले सयौं फूल फुलेका छन्। बिहानैदेखि फूल टिप्ने, माला बनाउने र बजार पठाउने काममा उनी व्यस्त रहने गर्छिन्। उनका अनुसार अहिले दैनिक रूपमा स्थानीय बजारबाटै ३ देखि ५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
उनका बुबा भन्छन्, छोरीले पढ्दै कमाउन सक्ने बाटो देखाइरहेकी छ। उसले गाउँकै महिलाहरूमा हिम्मत र प्रेरणा जगाएकी छ।गुलरिया नगरपालिकाले पनि पार्वतीको कामलाई सराहना गरेको छ। यस्ता युवतीहरूको प्रयासले गाउँमा रोजगारी सिर्जना हुन्छ र आत्मनिर्भरता बढ्छ। नगरले पनि यस्तो काममा सहयोग गरिदिएमा उनको कार्यमा अझ उत्प्रेरणा जाग्ने मसाय लिएकी छिन नगरपालिकाले फूल खेतीलाई प्रवर्द्धन गर्ने योजनासहित सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नु पर्ने देखिन्छ हाल पार्वतीले नेपालगञ्ज, बुटवल ,चितवनका केही फूल पसलहरूसँग सम्झौता गरेकी छन्।

उनका फूलहरू त्यहाँ दैनिक रूपमा पठाइने गरेका छन्। उनले मोबाइलमार्फत अर्डर लिएर गाउँबाटै फूल पठाउने व्यवस्था गरेकी छन्। यसरी उनले गाउँमै बसेर आधुनिक व्यवसायिक सोच अपनाएकी छिन्।
उनको भनाइमा, मिहिनेत गरे गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ। युवतीहरूले पनि हातमा सीप लिए आत्मनिर्भर बन्न सक्छन्।फूल खेतीबाट पार्वतीले न केवल आर्थिक लाभ उठाएकी छिन्, उनले गाउँका अन्य महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्। अहिले उनको बगैँचामा घर परिवारको सहकार्य गर्दै काम गरिरहेका छन्।उनले निकट भविष्यमा खेती क्षेत्र दुई बिगाहासम्म विस्तार गर्ने योजना बनाएकी छिन्। साथै, फूलबाट माला, बुके र सजावटी सामग्री उत्पादन गर्ने सानो उद्योग सुरु गर्ने तयारीमा छिन्।

गाउँका बासिन्दा को भनाई अनुसार पार्वतीको मेहनत र लगनले हामी सबैलाई नयाँ सोच दिएको छ। उसले देखाएको बाटो गाउँका छोरीहरूका लागि प्रेरणादायी छ।फूल खेतीमा युवती पार्वती थारूको सफलता बर्दियामा आत्मनिर्भर महिला उद्यमशीलताको नयाँ उदाहरण बनेको छ। पढाइ, सीप र मिहिनेतको संयोजनले उनले गाउँमै आर्थिक समृद्धिको बाटो खोलेकी छिन्।
उनले अन्त्यमा भनिन्, फूल जसरी सुगन्ध फैलाउँछ, म पनि मेरो कामले गाउँमा परिवर्तनको सुगन्ध फैलाउन चाहन्छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP