Trend
बिहिबार , कार्तिक २८, २०८२

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / यहि आश्विन ३० गते भारत बहराईच जिल्ला मोतिपुर थाना अन्तरगत नेपाल भारत सिमा को कालिका कण्ठपुर नजिक रहेको बलैगाऊ अच्कउवा भन्ने ठाउँमा मृतक भेटिएका युवक को पहिचान खुलेको र निज युवक बाँसगढी नगरपालिका वडा नं ५ रामपुर बस्ने वर्ष २० का दिनेश सुनार रहेको प्रहरी ले जानकारी दिएको छ भने निज युवक आश्विन २८ गतेका दिन धनगढी जान भनि घर बाट हिडेको भन्ने पारिवारिक स्रोत बाट जानकारी भएको ईलाका प्रहरी कार्यालय मैनापोखर ले जनाएको छ । भने निज युवक कसरी उक्त ठाँउमा पुगे र के कसरी मृत्यु भयो भन्ने कुरा अनुशन्धान भइरहेको प्रहरी ले जनाएको छ भने निज युवक को लास भारतीय क्षेत्रमा भएको कारण भारतिय प्रहरी ले पोष्टमार्टम को लागी भारतको बहराईच लगेको र पोष्टमार्टम पछि उक्त युवको शब परिवार लाई जिम्मा लगाउने नेपाल प्रहरी ले जनाएको छ भने निज युवक को परिवार का सदस्यहरु हिजो नै भारत पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP