Trend
बुधबार , भाद्र ३१, २०८३

तिहार शुरु भएसँगै बजारमा चहलपहल बढ्दै

ज्ञानेन्द्र पोख्रेल

बर्दिया बढैयाताल ,कात्तिक १ गते ।नेपालीहरुको दोस्रो महान पर्व तिहार आज देखी सुरु भएको छ । आज धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहि आएको छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम र शुभ दिन मानिन्छ ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ । धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर का साथै कुचो, धनिया, अदुवा र बेसार को सुठो समेत घर भित्र्याउदा निकै फलदायी हुने धार्मिक मान्यता समेत रहेको छ ।

आजको दिन सुन, चाँदी, तामाको भाँडादेखि लिएर अन्य सरसमान किनेर घरमा भित्र्याउने चलन रहेकाले बिगतका दिनहरु भन्दा आज देखी बढैयातालको मैनापोखर बजार क्षेत्रमा किनबेच गर्नेहरुको विहानैदेखि चहलपहल बढेको छ ।शनिबार विहानैदेखि सुन पसल, भाडाँको पसल र दिपावलीका सामानहरु पाईने पसलहरुमा सामान किन्नेहरुको भिडभाड लागेको छ साथै सम्पन्न र हुनेहरु ले सुनचादी का सामान किन्छन् भने निम्न आय भएका हरुले कुचो लगायत तामाका भाँडाकुँडा किनमेल गरेको देखिन्छ ।

बढैयाताल को सबै क्षेत्र भारतिय सिमा क्षेत्र संग जोडिएको कारण अधिकांश यस क्षेत्रका जनताहरु भारतको बलैगाउ र लौकाही किनमेलका लागि जाने भएकोले प्रायः यस क्षेत्रका बजारहरु सुनसान नै देखिन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP