Trend
बिहिबार , कार्तिक २८, २०८२

तिहार शुरु भएसँगै बजारमा चहलपहल बढ्दै

ज्ञानेन्द्र पोख्रेल

बर्दिया बढैयाताल ,कात्तिक १ गते ।नेपालीहरुको दोस्रो महान पर्व तिहार आज देखी सुरु भएको छ । आज धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहि आएको छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम र शुभ दिन मानिन्छ ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ । धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर का साथै कुचो, धनिया, अदुवा र बेसार को सुठो समेत घर भित्र्याउदा निकै फलदायी हुने धार्मिक मान्यता समेत रहेको छ ।

आजको दिन सुन, चाँदी, तामाको भाँडादेखि लिएर अन्य सरसमान किनेर घरमा भित्र्याउने चलन रहेकाले बिगतका दिनहरु भन्दा आज देखी बढैयातालको मैनापोखर बजार क्षेत्रमा किनबेच गर्नेहरुको विहानैदेखि चहलपहल बढेको छ ।शनिबार विहानैदेखि सुन पसल, भाडाँको पसल र दिपावलीका सामानहरु पाईने पसलहरुमा सामान किन्नेहरुको भिडभाड लागेको छ साथै सम्पन्न र हुनेहरु ले सुनचादी का सामान किन्छन् भने निम्न आय भएका हरुले कुचो लगायत तामाका भाँडाकुँडा किनमेल गरेको देखिन्छ ।

बढैयाताल को सबै क्षेत्र भारतिय सिमा क्षेत्र संग जोडिएको कारण अधिकांश यस क्षेत्रका जनताहरु भारतको बलैगाउ र लौकाही किनमेलका लागि जाने भएकोले प्रायः यस क्षेत्रका बजारहरु सुनसान नै देखिन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP