Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया,कार्तिक १४/लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका आसपासबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोष्ट स्थित बुधबार साँझ साढे ७ बजे भारत देखि नेपाल तर्फ शंकास्पद रुपमा आईरहेका जिल्ला बाँके बैजनाथ गाउँपालिका–५ बनकटुवाका २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरीको साथबाट १ ग्राम २ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगरको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट बुधबार राती साढे १० बजे तीन जनालाई लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिका–४ गोलाका ३२ वर्षीय बिर बहादुर रावल, जिल्ला बाँके कोहलपुर नगरपालिका–५ का २५ वर्षीय सुरज शाही र देश भारत कर्नाटक प्रदेश ब्याङ्लोरका २४ वर्षीय सोयत साइतको साथबाट ४ सय ५० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले दावी गरेको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP