जन प्रतिनिधि र प्रहरी बिच अन्तरक्रिया
ज्ञानेन्द्र पोख्रेल
ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया मा हालै सरुबा भई आउनु भएका प्रहरी निरिक्षक अच्युत गिरी को आयोजनामा बढैयाताल गाउपालिका का जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय मैनापोखर बिच गरिएको परिचय तथा अन्तरक्रिया कार्यक्रम ईलाका प्रहरी कार्यालय मैनापोखर मा यहि कार्तिक १५ गते सम्पन्न भएको छ ।
यस कार्यक्रममा बढैयाताल गाउपालिका का अध्यक्ष लगायतका जनप्रतिनिधि र प्रहरी निरिक्षक बिच परिचयात्मक कार्यक्रम तथा अन्तरक्रिया भएको थियो यस क्षेत्रमा प्रहरी तथा जनप्रतिनिधि र नागरिक को तर्फ बाट शान्ती सुरक्षा , अमनचयन कायम गर्न गर्नु पर्ने भुमिकाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा अधिकांश सहभागीहरुले खुल्ला सिमानाका कारण बढैयाताल गाउपालिका लागु औषध सेवन तथा ओसारपसार को हव बन्दै गएको र हाल का दिनहरुमा यस क्षेत्र बढैयाताल गाउपालिका वडा नं १ , २ र वडा नं ८ भारतिय सिमा क्षेत्र संग जोडिएको कारण यस क्षेत्र बाट दैनिक जसो लागु औषध प्रयोग कर्ता तथा ओसार पसार गर्ने मानिसहरु को बाक्लो आउजाउ अत्याधिक हुने भएकोले यस्ता क्रियाकलाप निरुत्साहित गर्न प्रहरी , जनप्रतिनिधि मिलेर संग संगै नागरिक बिच जानुपर्ने मा सहभागी हरुले जोड दिएका थिए
भारतिय खुल्ला सिमानाका कारण भारतिय बजार क्षेत्रमा किनमेलका लागि नेपालीहरु जाने र निर्वाध रुपमा ल्याउन पाउने भएकोले यस क्षत्रका व्यवसायीहरु लाई ठुलो मर्का परेको व्यवसायीहरु ले गुनासो गरेका थिए , साथै यस कार्यक्रम मा प्रहरी निरिक्षक अच्युत गिरी ले सबै कुरा प्रहरी ले मात्र एक्लै गर्न नसक्ने भएकोले नागरिक जनप्रतिनिधिहरु समेत को सहयोग र सहकार्य भएमा उठेका सवालहरु लाई केही हद सम्म नियन्त्रण गर्न सकिने बताएका थिए साथै प्रहरी लाई सुचनाको आवाश्यक पर्ने भएकोले कहींकतै गलत गतिविधि भएको भए प्रहरी लाई सुचना दिन आग्रह गरेका थिए ।
कार्यक्रम मा बढैयाताल गाऊ पालिका अध्यक्ष हिमालय त्रिपाठी ले प्रहरी जनताको सेवक भएकोले तल्लो वर्गका जनता लाई प्राथमिक राखी सेवा दिनु पर्ने भनाई राखेका थिए भने उठेका सवालहरु लाई निरुत्साहित गर्ने पालिकाको तर्फ वाट गर्नुपर्ने सहयोगको लागि बढैयाताल गाउपालिका सधै तत्पर रहेको बताएका थिए भने अपराधिक घटना हरु न्युनिकरण को लागि बढैयाताल गाऊपालिका को आवाश्यक स्थानमा सिसि क्यामेरा जडान गर्न कार्य तत्काल गर्ने र यस कार्यको लागी पालिकाले आवाश्यक बजेट समेत व्यवस्था गर्ने पालिका अध्यक्ष ले प्रतिवद्धता व्यक्त गरेका थिए।
यस कार्यक्रम मा बढैयाताल वडा नं १ देखी वडा नं ९ सम्म का सबै वडा अध्यक्षहरु ले शान्ती सुरक्षा र अमन चयन कायम राख्न सबै मिलेर जानुपर्ने भनाई राखेका थिए साथै केही वडाहरु प्रहरीको पहुँच भन्दा टाढा रहेको ले वडा नं ४ र वडा नं ९ को आवाश्यक स्थानमा प्रहरी को युनिट स्थापना गर्नु पर्ने आवाज समेत यस कार्यक्रममा उठेको थियो यस कार्यक्रम ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक अच्युत गिरी को सभापतित्व र बढैयाताल गाउपालिका का अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्य भएको थियो भने कार्यक्रम मा बढैयाताल गाउपालिका का उपाध्यक्ष, सबै वडा का वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधि लगायत को उपास्थिती रहेको थियो ।






