Trend
आइतबार , भाद्र २८, २०८३

काठमाडौँ- डिभिजन वन कार्यालय, इलामका डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत दान बहादुर श्रेष्ठ उपर भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप पत्र दाय गरेको हो।

श्रेष्ठले सुरू नियुक्ति मिति २०४८ असार २६ देखि सम्पत्ति विवरण फाराम भरी बुझाएको मिति २०८० फागुन १६ गतेसम्म उनी र उनको एकाघर परिवारका सदस्यहरूले आर्जन गरेको वैधानिक २ करोड १६लाख ८५ हजार ५५७ रुपैयाँ ९६ पैसा आय आर्जन गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ ४८ पैसा खर्च देखिएकोले समग्रमा कुल आय भन्दा कुल व्यय जम्मा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बढी देखिएको अख्तयारको भनाई छ।

उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हुँदा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस्तै सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र नरमाया श्रेष्ठ, भावना वरुवाल र फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि भक्तपुरलाई प्रतिवादी कायम गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP