Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया, कार्तिक १९ / धान काट्ने कम्पाइनको ठक्करबाट एक जनाको भएको छ । गेरुवा गाउँपालिका–२ राजीपुरका ७१ वर्षीय तारासिंह हमालको कम्पाइनको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको हो ।

गेरुवा गाउँपालिका–२ पाताभार पक्की सडक खण्ड भएर धान काटेर फकिंदै गरेको कम्पाइनले दिउँसो साढे २ बजेको समयमा साइकलमा सवार हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताए । ‘दुर्घटनामा परेर शख्त घाईते भएका हमाललाई उपचारको लागि राजापुर नगर अस्पतालमा तत्काल पुर्‍याईएको थियो,’प्रहरी निरीक्षक बुढाथोकीले भने,‘उपचारको क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको छ ।’

कम्पाइन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP