ज्ञानेन्द्र पोख्रेल
बर्दिया / बर्दियाको भारतिय सिमा क्षेत्रमा ससत्र प्रहरी बल को अगुवाईमा सिमा सहजिकरण समिति गठन तिव्र रूपमा भै रहेका छन् यसै क्रममा बढैयाताल गाउपालिका को वडा नं ७ मा पनि यहि कार्तिक २८ गते सिमा सहजिकरण समिति गठन भएको छ।
सिमा क्षेत्रमा हुने सिमा अतिक्रमण, सिमा क्षेत्र बाट हुने अवैध गतिबधि नियन्त्रण , लागुऔषध मानव वेचविखन लगायतका सिमा क्षेत्र का बासिन्दा हरु ले भोग्नु पर्ने समस्याहरु लाई सामाधान गर्न उद्देश्य ले सिमा सहजिकरण समिति गठन गर्नु परेको बढैयाताल बडा नं ८ कण्ठपुर मा रहेको ससत्र प्रहरी सिमा सुरक्षा गुल्म का ससत्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार गौली ले जानकारी दिएका थिए।
बढैयाताल गाउपालिका वडा नं ७ का वडा कार्यालय मा वडाअध्यक्ष राधेश्याम थारुको सभापतित्वमा भएको सबैपक्षिय भेलाले वडा अध्यक्ष राधेश्याम थारू को संयोजकत्वमा ११ सदस्य सिमा सहजिकरण समिति गठन भएको छ जसको सदस्यहरुमा कृष्ण बहादूर क्षेत्री , हिक्मत सुनार ,खेम बहादुर विक, अम्मर खत्री , विसाल बुढा क्षेत्री, कृष्णराम थारू, भिम बहादुर सुनार, डिलमाया सुनार , ज्ञानेन्द्र पोख्रेल र सदस्य सचिवमा ससत्र प्रहरी बल सिमा सुरक्षा गुल्म कण्ठपुरका प्रमुख दिपेन्द्र कुमार गौली रहेका छन् ।
यस सहजिकरण समिति ले नियमित सिमा अनुगमन, सिम क्षेत्रका समस्याहरु मा सहाजीकरण लगायका विषयवस्तु मा भारतिय सिमा सुरक्षा बल एसएसबी संग सहकार्य गरि समाधान गरिने उद्देश्य रहेको जानकारी गराईएको थियो भने बढैयाताल गाउपालिका को करिब १२ किलो मिटर क्षेत्र भारतीय सिम संग जोडिएको छ भने यस गठित सिम सहजिकरण समितिको क्षेत्र दुई किलोमिटर सिमा क्षेत्र रहेको छ ।






