Trend
आइतबार , भाद्र २८, २०८३
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले काठमाडौँको बल्खुमा आज दिउँसो २ बजे सभा आयोजना गर्ने भएको छ। आयोजकका अनुसार सभामा हाल देशमा उठिरहेका युवा आन्दोलनका मुद्दा, सामाजिक–राजनीतिक परिवर्तनका विषय तथा नयाँ पुस्ताले अघि सारेका एजेन्डाबारे सार्वजनिकरूपमा धारणा राखिनेछ।
आयोजकले विभिन्न क्षेत्रका नागरिक, युवाहरू, सहभागी समूह तथा सरोकारवाला सबैलाई सभामा उपस्थित भई आफ्ना विचार र सुझाव व्यक्त गर्न आग्रह गरेको छ। उनका अनुसार खुलेर संवाद गर्ने र जनमत सुन्ने उद्देश्य सभाको मूल केन्द्रमा रहनेछ।
जेन्जी मुभमेन्ट नेपालले यो सभालाई परिवर्तन र उत्तरदायित्वबारे नागरिक आवाज एक ठाउँमा सुन्ने र सुनाउने अवसरको रूपमा प्रस्तुत गर्ने बताएको छ । जेन्जी विद्रोहका क्रममा उठेका मुद्दाहरूलाई संविधानमा संस्थागत गर्न दबाब समेत दिइने नेता अजय सोडारीले बताएका छन्। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP