Trend
बिहिबार , माघ २, २०८२

विद्यार्थीमा कानुनी बुझाइ विकास गर्न अभियान—बढैयाताल न्यायिक समितिको सक्रियता

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाउपालिकाको आव २०८२/०८३ को न्यायिक समितिको कार्यक्रम अनुसार बढैयाताल गाउपालिका भित्रका माध्यामिक विद्यालयहरुका विद्यार्थी हरुलाई न्यायिक सचेतना अभियान कार्यक्रम बढैयाताल गाउपालिका न्यायिक समितिको आयोजनामा यहि कार्तिक १५ गते देखी बढैयाताल गाउपालिका भित्र रहेका माध्यामिक विद्यालय हरुमा संन्चालन भै रहेको छ ।

माध्यामिक विद्यालय मा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बालवालिका हरु लाई विद्यालयमै पुगेर सचेतना अभियान सञ्चालन गरिएको जानकारी बढैयाताल गाउपालिका न्यायिक समिति संयोजक तथा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले जानकारी दिनुभयो ।

विद्यालय उमेर का १२ वर्ष देखी २० वर्ष सम्म का बालवालिकाहरुमा कानुनी सचेतनाका नहुनाका कारण बालविवाह बढ्दै गैरहेको , लागुऔषध प्रयोगकर्ताहरु दिन प्रति दिन बढ्दो क्रममा रहेको, बालवालीकाहरु माथी दुर्वव्यहार तथा यौनजन्य क्रियाकलाप बढदै गै रहेको कारण समाजमा विकृति मौलाउँदै गएको अवस्थामा यस कार्यकमले बालबालिकाहरुमा परिवर्तन आउने र समाजमा यस्ता गतिविधि नियन्त्रण हुने विश्वास का कारण यस्ता विद्यालय स्तरका कार्यक्रम संन्चालन को आवाश्यकता महसुस भएको ले संन्चालन गरिएको बढैयाताल गाउपालिकाका कार्यकारी अधिकृत अर्जुन थारु ले बताए।

कार्यक्रम विद्यालयका बालबालिका हरु लाई कानुनी सचेतना, बालविवाह, लागुऔषध नियन्त्रण , यौनजन्य क्रियाकलाप भनेको के हो यसले समाजमा पारेको प्रभाव र यस्ता कृयाकलापमा संलग्न भएमा कानुनी कारवाही र कानुनी सजाय सम्बन्धी रहेको व्यवस्था लगायतका विषयमा दलित महिला संघकी अध्यक्ष तथा अधिवक्ता हेमा सुनारले सहजिकरण गरेकी थिइन् ।

बढैयाताल गाउपालिका का आठ ओटा माध्यामिक विद्यालय हरुमा संञ्चालन भैं सकेको सचेतना अभियान कार्यकमको आज कार्तिक ३० गते समापन कार्यक्रम बढैयाताल गाउपालिका वडा नं ८ को भगवती संस्कृत तथा साधारण माध्यामिक विद्यालयमा गरिएको थियो भने यस कार्यक्रम बढैयाताल गाउपालिका न्यायिक समितिका संयोजक लक्ष्मी कुमारी अधिकारीको सभापतित्व मा भएको थियो।

यस कार्यक्रम का प्रमुख अतिथि बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी, कार्यकारी अधिकृत अर्जुन थारू, योजना शाखा प्रमुख उसमान साई , न्यायिक समितिका सदस्यहरु डिल्ली गौतम, रुद्र प्रसाद पौडेल, पोषण सहजकर्ता टेक्मा खड्क ,न्यायिक समितिका सहजकर्ता गुम बहादुर परियार विद्यालय का प्रधानाध्यापक बासुदेव रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कबिराम थारू, शिक्षक अभिभावक संघ का अध्यक्ष विश्वनाथ गैरे विद्यालयका शिक्षक शिक्षक शिक्षिकाहरु , सहभागी विद्यार्थी छात्र छात्राहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP