Trend
आइतबार , भाद्र २८, २०८३

 

बर्दियामा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरसम्वाद

ज्ञानेन्द्र पोख्रेल

बर्दिया — दलित महिला संघको आयोजनामा बर्दिया जिल्लाभित्रका दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मीबीच “दलित महिला जनप्रतिनिधिका भोगाइ तथा चुनौती” विषयमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।

पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बर्दिया जिल्लाका आठ ओटै पालिका भित्रका दलित महिला जनप्रतिनिधि र दलित महिला अभियान्ता हरु सहभागीता रहेका थिए।

जनप्रतिनिधीहरुलाई स्थानिय निकायहरुले संम्बिधानमा अनिवार्यता गरेको कारण मात्र प्रतिनिधि बनाएको र दलितिका आवाज नसुन्ने गरेको , बजेट विनियोजन कार्यमा समेत सहभागीता नगराउने, जातीय विभेद गर्ने, अधिकार वाट बन्चित गरिएको लगायतका विषयमा दलित जनप्रतिनिधि हरुले भोगाई र अनुभव व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरूले जनप्रतिनिधि भएपछिको आफ्ना अनुभव, भोगाइ, सामाजिक अवस्थामा आइपर्ने चुनौती तथा निर्णय प्रक्रियामा उनीहरूले भोग्नु परेको समस्याबारे खुलस्त धारणा व्यक्त गरेका थिए। उनीहरूले विशेषगरी सामाजिक पूर्वाग्रह, परिवार तथा समुदायको अपेक्षा, निर्णय प्रक्रियामा पहुँच अभाव, स्रोत तथा सीप अभावजस्ता समस्याले काम गर्न कठिनाइ भएको बताए।

अन्तरसम्वादमा सहभागी सञ्चारकर्मीहरूले दलित महिलाले भोगिरहेका चुनौतीलाई समाचारमार्फत उजागर गर्दै उनीहरूको क्षमतावृद्धि र समान अवसरका लागि सञ्चार माध्यम निरन्तर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले दलित महिलाका सवाललाई गहिरोसँग उठान गर्दै जनप्रतिनिधि र सञ्चारकर्मीबीच सहकार्य र संवादको राम्रो वातावरण निर्माण गरेको आयोजक दलित महिला संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP