Trend
आइतबार , साउन १०, २०८३

असहाय बालिकाको संरक्षक बनि वडा अध्यक्ष ले दिलाए नागरिकता

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल गाउपालिका वडा नं ९ कि लक्ष्मी थारू लाई सोहि वडा का वडा अध्यक्ष बिर बहादुर थारू संरक्षक बनि नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका छन्।

निज बालिका का बाबुको रिसु लाल थारू को २०७७ सालमा मृत्यु भएको र आमा देविसरा थारू २०७८ सालमा वेपत्ता भएको कारण निज बालिका साहारा विहिन अवस्थामा रहेकी थिइन् भने निज बालिकाको अभिभावक कोही नभएको हुदाँ उमेर पुगे पनि नेपाली नागरिकता बाट बञ्चित रहेकी थिइन् ।

भने स्थानिय वडा सरकार प्रमुख को दायित्व पनि भएको कारण निज बालिकाको नजिकको आफन्त कोही नभएको र निज बालिका नागरिकताको प्रमाणपत्रको अभावमा अधिकार बाट बञ्चित हुन नपरोस् भनी आफु संरक्षक बसी नागरिकताको प्रमाणपत्र उपलब्ध हुने वातावरण निर्माण गरे।

संगै आफु निज बालिका संगै जिल्ला प्रशासन कार्यालय बर्दिया गई नेपाली नागरिकताको प्रमाणपत्र २०८२ मंसीर १ गतेका दिन बनाईदिएको बढैयाताल वडा नं ९का अध्यक्ष विर बहादुर थारूले जानकारी दिएका छन् भने निज वडा अध्यक्ष विगतमा पनि असहाय अशक्त र विपन्न हरु लाई निरन्तर सहयोग गर्ने व्यक्तिका रुपमा परिचित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP