Trend
आइतबार , भाद्र २८, २०८३

अवैध रूपमा माटो उत्खनन गर्ने टिप्पर कारवाहीमा

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल गाउपालिका वडा नं ९ शक्तिनगर को कपास विकाश समिति को सार्वजनिक जग्गा वाट अवैध रुपमा माटो उत्खनन गरी ओसार पसार गरेका टिप्पर आर्थिक कारवाहीका परेका छन् ।

टिप्पर ले सार्वजनिक स्थलको माटो उत्खन गरी अवैध रुपमा ओसार पसार गरेका छन् भन्ने सुचना भएपछि ईलाका प्रहरी कार्यालय मैनापोखर ले भे १ क १४७४ र भे १ क ११२४ टिप्पर लाई यहि कार्तिक ३० गते नियन्त्रणमा लिएको थियो ।

अवैध उत्खन का विषयमा आवाश्यक कारवाही गर्ने अधिकार स्थानिय सरकारको अधिकार क्षेत्र भित्र पर्ने भएकोले आवाश्यक कारवाहीको लागी बढैयाताल गाउपालिका मा पढाईएको ईलाका प्रहरी कार्यालय मैनापोखर ले जानकारी दिएको थियो।

कार्तिक ३० गते प्रहरी ले नियन्त्रणमा लिएका उक्त टिप्परहरु लाई ५० हजार का दरले जरिवना गरि यहि कार्तिक ३ गते छोडिएको जानकारी बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी ले दिएका छन् ।

यसरी उक्त क्षेत्र वाट अवैध रूपमा माटो उत्खनन गरी ओसार पसार गरिएको भन्ने समाचार विभिन्न समाचार माध्यम बाट सार्वजनिक भएपछि बढैयाताल गाउपालिकाको निर्देशनमा प्रहरी ले आफ्नो एन्सन लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP