Trend
आइतबार , मंग्सिर २९, २०८२

लुम्बिनी प्रदेशमा सुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

दाङ । लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार राप्ती उत्यका(देउखुरी)मा एक औपचारीक कार्यक्रमविच अभियानको सुभारम्भ गर्नुभएको हो ।

प्रविधिको सही प्रयोग गरौंः लैंगिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा सहित लुम्बिनी प्रदेशमा अभियान केन्द्रित गरिएको छ । ‘म हिंसा सहन्न, आफूपनि गर्दिन र देखेमा प्रतिकार गर्ने प्रतिवद्धता गर्दछु’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मन्त्री तिमिल्सिनाले अभियानको सुभारम्भ गरेका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिसिल्नाले कुनैपनि प्रकारको हिंसा र विभेद स्वीकार्य नभएको, समाजलाई लैंगिक हिंसा मुक्त बनाउने अभियान बर्षेभरी चल्नुपर्ने धारणा राखे ।‘यो एक दिन, एक छिन औपचारीक कार्यक्रम गरेर जिम्मेवारी सकिदैन । यो जिम्मेवारी समाजलाई समतामुलक बनाउन बर्षेभरी केन्द्रित हुनजरुरी छ’उनले भने,‘हिंसा घटेका छैन, हिंसा हुने रुप मात्रै बदलिएको छ ।

अहिले प्रविधिको दुरुपयोगले झनैं हिंसाका घटनाहरु बढेका छन् । हिंसालाई अन्त्यगर्न तपाईहामि सबैं संवेदनशिल र जिम्मेवार बन्न जरुरी छ ।’
लुम्बिनी प्रदेशले लैंगिक समानता र सामाजिक न्यायको क्षेत्रमा लैंगिक समानता नीति निर्माण गरेर अघि बढेको जानकारी दिदै लैंगिक अल्पसंख्यक समुदायको पनि अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । दिवसको अवसरमा प्रदेशका १२ जिल्ला र एक सय ९ स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरिदैछन् ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा मुक्त गर्ने अभियानमा घोराही उपमहानगरपालिकाले सूचक निर्माण गरेर काम गरिररहेको, लैंगिक हिंसा मुक्त नगर घोषणाको तयारीमा रहेको जानकारी दिइन ।

उनले सोंच, दृष्टिकोण र व्यवहारमा परिवर्तन नआएसम्म हिंसामुक्त समाज बनाउन नसकिने बताइन ।
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले लैंगिक हिंसा मुक्त समाज निर्माणकालागि सबै निकायको विचमा हातेमालो जरुरी रहेको बताए ।

सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विनोद लामिछाने, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतम, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिकला सारुमगर लगायतले सम्वोधन गर्दै बदलियो परिवेशमा हिंसाका स्वरुपहरु पनि फेरिदै जाँदा हिंसाका घटनाहरु बढ्दैजानु चिन्ताको बिषय रहेको बताए ।

अझैं पनि घरेलु हिंसाबाट महिलाहरु पिडित बन्नुपर्ने अवस्था रहेको भन्दै घर भित्रबाटै सुधारका कामहरु अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । मन्त्रालयका उपसचिव ऋषिराज शर्माको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

खैरीकी पार्वती थारूको फूल खेतीमा सफलता गुलरियाको महिला आत्मा निर्भर बन्ने उदाहण

धुवाँरहित गाँउ अभियान कार्यक्रम सञ्चालन बारे अभिमुखिकरण बैठक सम्पन्न

मैनापोखरमा नागरिक र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दियामा जनप्रतिनिधि र प्रहरीबीच समन्वय र सुरक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न।


TOP