Trend
बिहिबार , माघ २, २०८२

 ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअको सिंहदरबारलाई तत्काल पठाइने प्रतिबद्धता

ए टिभी न्युज

बर्दिया /  जनता समाजवादी पार्टी नेपाल बर्दियाले राजनीतिक एजेन्डालाई अघि बढाउन २८ बुँदे मागसहित प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र पठाएको छ ।

जिल्ला अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत बुधबार प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा मधेश विद्रोहको भावना अनुरूप संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा कार्यान्वयन, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने मागसहित २८ बुँदे समावेश गरिएको छ ।

 विभिन्न मागसहित बुझाइएको ज्ञापनपत्र सहायक प्रजिअले ग्रहण गर्दै उक्त मागहरू तत्कालै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने प्रतिबद्धता जनाएका छन्।

उक्त कार्यक्रममा जसपा नेपालका युवा नेता पप्पु यादव, सुमित्रा चौधरी, दिलिप वर्मा, जयप्रकाश वर्मा र वीरेन्द्र बनियालगायतको उपस्थिति रहेको थियो।नेताहरूले संविधानप्रति जनविश्वास पुनःस्थापना, सुशासन, समान अधिकार, सामाजिक न्याय र राज्यको पुनर्संरचनासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP