Trend
शनिबार , भाद्र २७, २०८३

 ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअको सिंहदरबारलाई तत्काल पठाइने प्रतिबद्धता

ए टिभी न्युज

बर्दिया /  जनता समाजवादी पार्टी नेपाल बर्दियाले राजनीतिक एजेन्डालाई अघि बढाउन २८ बुँदे मागसहित प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र पठाएको छ ।

जिल्ला अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत बुधबार प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा मधेश विद्रोहको भावना अनुरूप संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा कार्यान्वयन, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने मागसहित २८ बुँदे समावेश गरिएको छ ।

 विभिन्न मागसहित बुझाइएको ज्ञापनपत्र सहायक प्रजिअले ग्रहण गर्दै उक्त मागहरू तत्कालै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने प्रतिबद्धता जनाएका छन्।

उक्त कार्यक्रममा जसपा नेपालका युवा नेता पप्पु यादव, सुमित्रा चौधरी, दिलिप वर्मा, जयप्रकाश वर्मा र वीरेन्द्र बनियालगायतको उपस्थिति रहेको थियो।नेताहरूले संविधानप्रति जनविश्वास पुनःस्थापना, सुशासन, समान अधिकार, सामाजिक न्याय र राज्यको पुनर्संरचनासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP