Trend
आइतबार , मंग्सिर २२, २०८२

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

ए टिभी न्युज नेपाल

विराटनगर, मंसिर १६ गते ।

मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो भने मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-००२-००४ह २५४० नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपताबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका प्रतिबन्धित लागू औषध ट्याब्टेल १७९ वटा र एम्पुल ६ वटा सहित कटारी नगरपालिका-७ का किरण नेपालीलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

एक करोडभन्दा बढी नाफा कमाउँदै मैनापोखर साना किसान सहकारी संस्था

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

खैरीकी पार्वती थारूको फूल खेतीमा सफलता गुलरियाको महिला आत्मा निर्भर बन्ने उदाहण

धुवाँरहित गाँउ अभियान कार्यक्रम सञ्चालन बारे अभिमुखिकरण बैठक सम्पन्न

मैनापोखरमा नागरिक र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP