Trend
शनिबार , भाद्र २७, २०८३

नागरिक सुनाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय र झिमरुक गाउँपालिकाको सहकार्यमा, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ओखरकोट, प्युठानको संयुक्त आयोजनामा जिल्ला प्युठान झिमरुक गाउँपालिका वडा नं.०४ मच्छि स्थित पालिकाको सभाहलमा यस कार्यालका कार्यालय प्रमुख प्र.ना.उ.नरहरी अधिकारीको अध्यक्षता, झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतराको प्रमुख आतिथ्य र प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल ज्यूको विशिष्ट आतिथ्यमा, गौमुखी गाउँपालिकाका जनप्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, शिक्षक वर्ग, सञ्चारकर्मीहरु, स्थानिय भद्रभलाद्मी, बुद्धिजिवी लगायत स्थानियबासीहरुको सहभागितामा “नागरिक सुनुवाई ” कार्यक्रम सञ्चालन गरिएको, नागरिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथी, झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतराले नागरिक सुनुवाईको आवश्यकता र सो को बारेमा जानकारी दिनुभएको, कार्यक्रममा विष्ट अतिथी, प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल ज्यूले नागरिक सुनुवाईको महत्त्व र सान्दर्भिकताको बारेमा प्रकाश पार्नु भएको र अन्तमा कार्यक्रमको अध्यक्षता गर्नुभएका यस कार्यालयका कार्यालय प्रमुख नरहरी अधिकारीले दैनिक जसो समाजमा घट्ने घटनाहरु जस्तै चोरी, ठगी, लागु औषध दुर्व्यसन, हत्या, हिंसा बलत्कार, साईबर क्राईम, महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा, सवारी दुर्घटना लगायत विभिन्न घटनालाई कसरी न्यूनिकरण गरी समाजलाई सुरक्षित, शान्त गर्न सकिन्छ भन्ने विषयहरूबारे विस्तृत जानकारी दिनुका साथै नागरिक सुनुवाईको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनु भएको र कार्यक्रममा उठेका सवालहरुको बारेमा सम्बन्धित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले जवाफ दिदै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम संचालक यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरी भट्टराईले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP