Trend
आइतबार , मंग्सिर २२, २०८२

संयुक्त प्रहरी अभियान: मैनापोखरबाट ठूलो मात्रामा लागुऔषध बरामद, दुई नियन्त्रणमा

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल / २० गते /  ईलाका प्रहरी कार्यालय मैनापोखर र लागु औषध नियन्त्रण व्युरो नेपालगेजको संयुक्त टोलीलेले यहि मंसीर १९ गते साँझ बढैयालालको मैनापोखर बजार वाट ठुलो मात्राको लागुऔषध ब्राउनसुगर सहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

यस कार्यमा संलग्न गुलरिया नगरपालिका वडा नं ११ लालपुरका का वर्ष १८ का सुनिल चमार र सोही ठाउ बस्ने वर्ष २६ का प्रवेश चमार रहेका छन् भने निजहरुको साथ बाट लागु औषध ब्राउन सुगर ५० ग्राम ९७० मिलिग्राम सहित निजहरुलाई प्रहरी ले नियन्त्रणमा लिएको थियो ।

निजहरु मोटर साइकलमा चढी गुलरिया नगरपालिकाको लालपुर देखी मैनापोखर हुँदै वौसगढी तर्फ जादै गर्दा मैनापोखर वजारबाट लागु औषध नियन्त्रण व्युरोको विषेश टोली र ईलाका प्रहरी कार्यालय मैनापोखर को संयुक्त टोली ले नियन्त्रणमा लिएको जानकारी ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रमुख अच्युत गिरी ले बताएका छन्

भने निजहरु दुवै जनालाई ईलाका प्रहरी कार्यालय मैनापोखर मा थुनामा राखी थप अनुसन्धान भै रहेको र यो लागु औषध वरामद अहिले सम्म ठुलो परिमाणमा रहेको बर्दिया प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

एक करोडभन्दा बढी नाफा कमाउँदै मैनापोखर साना किसान सहकारी संस्था

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

खैरीकी पार्वती थारूको फूल खेतीमा सफलता गुलरियाको महिला आत्मा निर्भर बन्ने उदाहण

धुवाँरहित गाँउ अभियान कार्यक्रम सञ्चालन बारे अभिमुखिकरण बैठक सम्पन्न

मैनापोखरमा नागरिक र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP