भगवती दुग्ध उत्पादक सहकारी को अध्यक्ष मा लुईटेल निर्विरोध
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / बढैयाताल गाऊपालिका वडा नं ७ मा रहेको भगवती दुग्ध उत्पादक सहकारी संस्था लि को २३ औ वार्षिक साधारण सभा तथा अधिवेशन यहि मंसीर २० गते सम्पन्न भएको छ ।
केन्द्रीय सहकारी संघ का संन्चालक सदस्य हरि बहादुर अधिकारी को प्रमुख आतिथ्य मा सम्पन्न भएको कार्यक्रम मा संस्थाका सचिव श्याम राज पौडेल ले संस्थाले आब २०८१ / ०८२ को अषाढ मसान्त सम्म भए गरेका काम तथा संस्थाले शेयर सदस्य तथा दुग्ध उत्पादक सदस्यहरु को लागि यस चालु आव मा गर्ने सकिने काम र शेयर सदस्यहरु हरु लाई दिन सकिने सेवा सुविधा का साथै शेयर सदस्य वृद्धि, दुग्ध उत्पादन को लागी भैसी प्रर्वधन कार्यक्रम , दुग्ध उत्पादनको लागि पशुपालनमा २% व्याजदरमा पशुपालन कर्जा लगायका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस दुग्ध सहकारी संस्था लि ले आव २०८१/०८२ मा ११ सय किसानबाट करिव ३६ लाख ४० हजार ५ सय २१ लिटर दुध खरिद गरि उक्त खरिद गरिएको दुध लगायत दुग्ध पर्दायको विक्रि बाट २५ करोड ३७ लाख १ हजार ९ सय २० रुपैया को कारोवार गरी १ करोड १२ लाख ८७ हजार ६ सय १९ रुपैया खुद मुनाफा गरिएको कुरा प्रतिवेदन मा प्रस्तुत गरिएको थियो ।
यस दुग्ध सहकारी संस्था देश भरी वाट दशौ नम्बरमा र लुम्बिनी प्रदेशको पहिलो नम्बरमा पर्ने सफल भएको छ । यस सहकारी संस्था लि मा ४ सय ९८ शेयर सदस्य रहेका र यस संस्था ले गएको आब मा १ करोड १२ लाख ७८ हजार नाफा आर्जन गर्ने सफल भई ९ लाख ४७ हजार शेयर बोनस् समेत बाडने जानकारी दिइएको थियो भने यस सहकारी मार्फत बढैयाताल वडा नं ७ की कृषक शारदा लम्साल ले १ वर्षमा ३३ लाख रुपैयाँ भन्दा वढी रुपैयाको करिब ५१ हजार लिटर दुध विक्रि गरेको मा उहाँ लाई संस्थाले सम्मान गरेको थियो ।
आजै सम्पन्न साधारण सभा को बन्द सत्रमा चालु आर्थिक वर्षको बजेट र निति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो भने आजै नयाँ कार्यसमितिका समेत निविरोध चयन गरेको छ जसको अध्यक्षमा ईन्द्र प्रसाद लुइटेल रहेका छन् भने उपाध्यक्ष मा पिङ्गला गौतम , कोषाध्यक्ष मा ज्ञानेन्द्र राज लम्साल, सचिवमा श्याम राज पौडेल सदस्यहरुमा क्रमशः धन कुमारी सापकोटा, राजु पौडेल, प्रभा पौडेल, चिन्तन अधिकारी र अरविन्द यादव रहेका छन् यसै गरी लेखा समिति संयोजक मा दिपक खनाल सदस्यहरु सिता सापकोटा र आशा कुमारी पाण्डे रहेका छन् ।






