Trend
बिहिबार , माघ २, २०८२

राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ

बर्दिया–राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट

पक्राउ परेका छन् । दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो । यस अघि सोधपुछको लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेष्टुरेन्टकी संचालक राम कुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गोली काण्ड घटनामा शंका गरिएका मुख्य आरोपी चौधरीलाई कैलालीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।
गत आइतबार गोली प्रहारबाट दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २७ वर्षीय निरज थारुको मृत्यु भएको थियो । राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेस्टुरेन्टमा आइतबार बिहान ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए । उपचारको लागि नेपालगंज पुर्‍याउँदा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतक थारुको दुवै कानको तल प्वाल देखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ । घटना किन र कसरी भयो भन्ने विषयमा अझै खुलेको छैन । राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा निरज थारु काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP