मैनापोखर बजार व्यवस्थापन समितिको चौथो अधिवेशन सम्पन्न
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / बढैयाताल गाउपालिका को सदरमुकाम मा रहेको मैनापोखर बजार व्यवस्थापन समिति चौथो आधिवेशन यहि मंसीर २७ गते सम्पन्न भएको छ ।
बढैयाताल गाउपालिका का अध्यक्ष हिमालय त्रिपाठी को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा विशिष्ट अतिथि बढैयाताल उद्योग वाणिज्य संघ का अध्यक्ष रविन्द्र रावल, मैनापोखर शारदा बहुमुखी क्याम्पस का अध्यक्ष प्रेम राज त्रिपाठी ,नागरिक समाज बढैयातालका संयोजक बालकृष्ण लामिछाने , उद्योग वाणिज्य संघका सचिव विकाश कोईराला, निर्वाचित जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बजार व्यवस्थापन समिति को प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सामितिका कोषाध्यक्ष युवराज पौडेल ले प्रस्तुत गरेका थिए भने आगामी वर्ष को निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको थियो भने आजै सम्पन्न बन्दशत्र ले आगामी चार वर्षको लागी नयाँ नेतृत्व समेत चयन गरेको छ जसको अध्यक्ष मा हरिकृष्ण सापकोटा, प्रथम उपाध्यक्ष कृपानन्द झा ,द्वितीय उपाध्यक्षमा नारायणी बराल , सचिवमा जिवनाथ बराल, कोषाध्यक्षमा अर्जुन चौधरी, सह- सचिवमा मोहन बहादुर सुनार र सदस्यहरु मा क्रमश: सुभद्रा श्रेष्ठ, रामेश्वर पौडेल, रेवती पौडेल, बिमला खडका र कृष्ण लाल के.सी रहेका छन् भने नव निर्वाचित कार्य समिति लाई कार्यक्रम का प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले सफल कार्यकालको शुभकामना दिदै आगामी दिनहरुमा नयाँ बनेको कार्यसमिति ले यस मैनापोखर क्षेत्रका व्यापारीहरुको हक हितमा काम गर्ने र बजार लाई सफा सुन्दर र व्यवस्थित बजार बनाउने सबलमा व्यवसायीहरु संग हातेमालो गर्दै अगाडि बढनु पर्ने कुरा मा जोड दिएका थिए।
कार्यक्रम बजार मा विशिष्ट योगदान पुऱ्याउने व्यापारीहरु लगायतका विभिन्न व्यक्तिहरु लाई दोसल्ला ओढाई कदरपत्र ले सम्मान गरिएको थियो । कार्यक्रम मैनापोखर व्यवस्थापन सामितिका निवर्तमान अध्यक्ष टिकाराम कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम समितिका निवर्तमान सदस्य धन बहादुर थापा ले संन्चालन गरेका थिए ।






