Trend
बिहिबार , माघ २, २०८२

किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्दै बढैयाताल गाउँपालिका

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /पुष २ /  बढैयाताल गाउपालिका भित्र रहेका किशोर किशोरी मैत्री हुन तोकिएको मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाहरु लाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने बढैयाताल गाऊपालिका लागी रहेको छ ।

बढैयाताल गाऊ पालिका स्वास्थ्य शाखा को समन्वय र बाँके युनेस्को क्लव संग को सहयोग र सहकार्य मा बढैयाताल गाउपालिका भित्र रहेको आठ वटा आधारभुत स्वास्थ्य केन्द्र मध्ये आज सम्म दुई वटा स्वास्थ्य केन्द्र लाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

 पौष १ गते वडा नं ७ को तिलकाना आधारभुत स्वास्थ्य केन्द्र लाई तोकिएको सुचकांक पुरा गरेकाले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो भने यहि पौष २ गते औपचारिक कार्यक्रम गरी वडा नं ८ को आधारभुत स्वास्थ्य केन्द्र कालीका लाई किशोर किशोरी मैत्री स्वास्थ्य केन्द्र घोषणा गरी प्रमाण पत्र समेत प्रदान गरिएको छ।

 किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नको लागि बढैयाताल गाउपालिका ले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा निर्देशिका २०७९ जारी गरि सकेको र उक्त निर्देशिकामा आठ वटा मापदण्ड रहेको र घोषणा हुन को लागी तोकिएका मापदण्ड को ८०% भन्दा माथी पुरा गरेको स्वयम घोषणा गरे पश्चात भए नभएको पुन पालिकाको स्वास्थ्य शाखा बाट अनुगमन र मूल्याङ्कन पश्चात सुचकांक पुरा भएको खण्डमा मात्र घोषणा हुने भएकोले वडा नं ७ र वडा नं ८ का स्वास्थ्य संस्थाहरु लाई घोषणा हुन योग्य देखिएपछि घोषणा गरिएको बढैयाताल गारुपालिका स्वास्थ्य शाखाका सह संयोजक रमेश पौडेल ले कार्यक्रममा जानकारी गराएका थिए ।

आज घोषणा सम्पन्न वडा नं ८ को कालीका आधारभुत स्वास्थ्य केन्द्र को घोषणा कार्यक्रम मा आफ्नो भनाई राख्दै बढैयाताल गाउपालिका, वडा कार्यालयहरु, स्वास्थ्य शाखा ,स्वास्थ्य कर्मी हरु ,महिला स्वास्थ स्वयम संविकाहरु, बाके युनेस्को क्लव लगायतका संघ संस्था हरु सबैको साझा सहयोग र सहकार्य बाट घोषणा गर्ने सकिएकोमा सबैलाई धन्यवाद दिदै , निर्धक भएर स्वास्थ्य संस्थाबाट सेवा लिन किशोर किशोरी हरुलाई आग्रह गर्नुभयो

संघ संस्था को सहयोग अपरिहार्य रहेको ले संघ संस्था को कार्यक्रम सकिए पनि बढैयाताल गाउपालिका ले निरन्तरता दिने प्रतिबद्धता बढैयाताल गाउपालिका का अध्यक्ष तथा आजको कार्यक्रम का प्रमुख अतिथि हिमालय त्रिपाठीले व्यक्त गर्नु भयो। भने यस कार्यकम मा बढैयाताल गाउपलिका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल , बाँक युनेस्को क्लव का उपनिर्देशक गोविन्द प्रसाव लामिछाने, पूर्व गाउपालिका उपाध्यक्ष दिपा गौतम, स्वास्थ्य स्वयम सेविका सिता काफले , किशोरी क्लव की सन्जना श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम मा स्वागत मन्तब्य तथा कार्यक्रम को औचित्य माथी आधारभुत स्वास्थ केन्द्र कालीका का प्रमुख राजेन्द्र बहादुर थापाले प्रष्ट पारेका थिए भने कार्यक्रम वडा नं ८ का वडा अध्यक्ष तेजनाथ पौडेलको सभापतित्व मा सम्पन्न भएको थियो ।

कार्यक्रम मा वडा नं ८ का जनप्रतिनिधि हरु, स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मी हरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु , विद्यालयका किशोर किशोरी हरु, सामुदायिक वन का प्रतिनिधि, टोल विकास संस्था का अध्यक्षहरु , नागरिक समाज का सदस्यहरु ,आम सर्वसाधारण र सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP