Trend
आइतबार , भाद्र २८, २०८३

चितुवाको आक्रमणबाट बारबर्दियाका एक जनाको मृत्यु

चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन महिला र एक पुरुष गरी ४ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दिया,पुस २– चितुवाको आक्रमणबाट बारबर्दियाका एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–१० सिम्रवा सामुदायिक वनमा शौच गर्न गएको बेला चितुवाको आक्रमणमा परी थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

छाती, गर्दन र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए ।
चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन महिला र एक पुरुष गरी ४ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP