Trend
बिहिबार , माघ २, २०८२

विद्या ज्योति माध्यामिक विद्यालयको स्वर्ण महोत्सब कार्यक्रमको आज देखि शुभारम्भ

ज्ञानेन्द्र पोख्रेल

बर्दिया/ पुस ४ / बढैयाताल गाउपालिका वडा नं ८ कण्ठपुर मा रहेको विद्या ज्योति माध्यामिक विद्यालय स्थापनाको ५० औ वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सब को कार्यक्रम को आज पौष ४ गते देखि शुभारम्भ गरिएको छ।

कार्यक्रम को तालिका अनुसार आज पौष ४ गते साविक कालिका गाबिस भित्र रहेका आधारभुत विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरि शुभारम्भ गरिएको जानकारी स्वर्ण महोत्सब आयोजना मुल समाहरोह समितिका संयोजक तथा विद्यालयका प्रधानाध्यापक भक्ती सागर रेग्मी ले जानकारी दिनुभयो भने आज भएको विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा साबिक कालिका गाविस भित्र रहेका ११ वटा विद्यालय का छात्र छात्राहरु सहभागी रहेका थिए ।

यस हाजिरी जवाफ प्रतियोगितामा प्रथम जय कालिका माध्यामिक विद्यालय मुनालवस्ती द्वतियय विद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुर र तृतिय बर्दिया एकेडेमी एण्ड पोलिटेक्नीक सेन्टर तिलकाना भएका छन् यसरी आजै देखि प्रत्येक दिन कुनै न कुनै रचनात्मक क्रियाकलाप तथा कार्यक्रम गरी स्वर्ण महोत्सव कार्यक्रम १८ गते सम्म मनाइँने र सोही दिन औपचारिक कार्यक्रम गरी स्वर्ण महोत्सब सम्पन्न गर्ने कार्यतालिका रहेको आयोजकले जानकारी दिएको छ।

यसै गरी ६, ७ र ८ गते बढैयाताल गाउपालिका भित्र रहेका माध्यामिक विद्यालय स्तरिय भलिवल प्रतियोगिता , ९ गते पालिका भित्र रहेका माध्यामिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता यसै गरी ११, १२ र १३ गते आफ्नै विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलाप , १४ गते बिविध संस्कृतिक कार्यक्रम , १५ गते रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन साथै फुड फेस्टिवल (खानाको परिकार) प्रदशनी तथा अवलोकन , १६ गते पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्यहरु , पूर्व शिक्षक हरु तथा पूर्व विद्याथीहरु बिच पुर्नमिलन कार्यक्रम , विद्यालयको ईतिहास झल्कने ईतिहासिक प्रदर्शनी र सम्मान पत्र वितरण रहने छ।

यसै गरी १७ गते प्रमुख अतिथि बाट स्वर्ण महोत्सव कार्यक्रम को उद्घाटन , स्वर्ण स्तम्भ तथा सरस्वती मन्दीर को उद्घाटन , स्वर्ण महोत्सब पुस्तिक विमोचन र प्रमाण पत्र वितरण गरिने छ भने हरेक दिन नै विद्यालयको स्थापना कालदेखि विद्यालय लाई हाल सम्म कुनै न कुनै कार्यबाट विद्यालयलाई सहयोग गर्ने पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघ का सदस्यहरु, पूर्व शिक्षकहरु, पूर्व विद्यायीहरु र सहयोग दाता, चन्दा दाता अक्षय कोष स्थापना को लागि सहयोगी दाता गरि ६०० भन्दा बढी व्यक्तिहरु लाई कार्यक्रम अवधि भर निरन्तर सम्मान तथा सम्मान पत्र ले अभिनन्दन गरिने छ।

१८ गते विद्यालयको ५१ औ बार्षिक समाहरोह , विद्यालय स्तरीय विद्यालयको आन्तरिक क्रियाकलाप मा संलग्न विद्यार्थी हरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण सहित विधिवत् कार्यक्रम को समापन गरिने कार्यतालिका भएकोले सोही बमोजिम विद्यालयका स्वर्ण महोत्सव कार्यक्रमका सबै क्रियाकलाप तथा कार्यकम मा सहभागी भै दिन हुन सर्वसाधारणलाई अपिल गरिएको जानकारी आयोजक ले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP