Trend
आइतबार , भाद्र २८, २०८३

बर्दियामा लागू औषधसहित दुई जना पक्राउ

✍️अफजल खान

बर्दिया / पुष ६/ बर्दियामा प्रहरीले लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाअन्तर्गत इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दिया तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–५, बढैयातालस्थित ए.ई. बढैया गाउँ नजिकबाट ४९ वर्षीय दिनेश कुमार थरुलाई शंका लागी चेकजाँच गर्दा निजले लुकाइछिपाइ राखेको अवस्थामा ११ पुडया प्लास्टिकसहित ४० मिलिग्राम र प्लास्टिक हटाई शुद्ध तौल गर्दा ४६० मिलिग्राम लागू औषध (ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ) फेला परेको थियो। उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा राखिएको छ।

यसैगरी, सोही प्रहरी चौकी जमुनी बर्दिया र सशस्त्र प्रहरी बल (BOP) बाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फटाहा चेकपोष्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री २८ वर्षीय कृष्ण खत्रीलाई चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा निजले लुकाइछिपाइ राखेको ५ पुडया पहेंलो प्लास्टिकमा हरियो रंगको धागोले बेरी बाँधिएको अवस्थामा ११ ग्राम ५३० मिलिग्राम र प्लास्टिक हटाई शुद्ध तौल गर्दा १० ग्राम ५० मिलिग्राम लागू औषध (ब्राउन सुगर जस्तो देखिने खैरो रंगको चिल्लो पदार्थ) फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक देवेंद्र कुमार मल्लले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP