Trend
बिहिबार , माघ २, २०८२
निर्वाचन सुरक्षाका लागि एक लाख ८८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने
✍️अफजल खान

आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति तैनाथ गरिने सम्बन्धित निकायले जनाएको छ।

सुरक्षा व्यवस्थाअनुसार निर्वाचन अवधिभर नेपाली सेनाका ७९ हजार ७ सय २७ जना, नेपाल प्रहरीका ७१ हजार ६ सय २० जना र सशस्त्र प्रहरी बलका ३५ हजार १ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ। यस्तै, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जना जनशक्ति पनि सूचना संकलन तथा सुरक्षा विश्लेषणमा खटाइनेछ।

मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि चारवटै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा योजना कार्यान्वयन गरिने बताइएको छ। निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा बनाइने सम्बन्धित निकायले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP