Trend
बिहिबार , माघ २, २०८२

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल गाउपालिका वडा नं ६ माइती भएकी सृजना सुवेदीले आफ्ना दिवंगत पति बिवेक पंगेनीको सम्झनामा आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु भएको छ ।

स्वर्गीय पति पंगेनीको सम्झनामा पत्नी सिर्जना सुवेदीले उहाँका बुवा शिव प्रसाद सुबेद र आमा अमृता सुबेदी संगै सहभागी भई बढैयाताल वडा नं ९ मा रहेकाे मुक्त कमैया आधारभुत विद्यालय जनतानगर, शक्ति आधारभुत विद्यालय शक्तीनगर, जय कालीका माध्यामिक विद्यालय मुनालवस्ती र शिवशक्ति आधारभुत विद्यालय टेसनपुर गरि ४ वटा विद्यालयका करिब ६६ जना आर्थिक रूपमा विपन्न तथा मुक्त कमैया परिवारका विद्यार्थीहरुलाई यहि पौष ९ गते न्यानो कपडा वितरण गर्नु भएको हो ।

प्रेम विवाह गरेर जीवनयापन गरिरहेका विवेक पंगेनी छात्रवृति कोटामा उच्च शिक्षा अध्ययन को लागि अमेरिका गएको केही समय पछि विवेकलाई बेर्न ट्युमर भएको थाहा भएको थियो । अमेरीका मै रहदाको अवस्थामा पतिको उपचार लागि सृजनाले गरेको त्याग बलिदान र सङ्घर्षको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देश विदेशमा रहेका मिडियामा विवेक र सृजनाको जोडीको निकै चर्चा समेत भएको थियो । आदर्श प्रेम जोडीको रूपमा सृजना विवेकको जोडी चर्चित थियो ।

धेरैले विवेकको स्वास्थ्य लाभको कामना गरे पनि उपचारको क्रममा विवेक पंगेनी को अमेरिका मै एक वर्ष अगाडी मृत्यु भएको थियो। विवेकको मृत्यु भएपछि सृजना नेपाल फर्किनु भएको थियो । सृजना अहिले बढैयाताल गाउँपालिकामा बस्दै आउनु भएको छ । स्वर्गीय विवेक पंगेनी को सम्झनामा विद्यालयमा अध्ययन गरिरहेका आर्थिक रूपमा विपन्न र मुक्त कमैया परिवार का करिब ६६ जना बालबालिकालाई विद्यालय मै पुगी वडा नं ९ का वडा अध्यक्ष विर बहादुर थारू को सम उपस्थितिमा न्यानो कपडा वितरण गरिएको जानकारी समाजसेवी बढैयाताल उद्योग वाणिज्य संघ का उपाध्यक्ष तथा सिर्जनाका बुबा शिव प्रसाद सुवेदी ले दिनुभयो ।

उहाँले भन्नुभयो स्वर्गीय ज्वाई विवेक पंगेनी को मृत आत्मा को शान्ती को लागि छोरी ले गरेको महान अभियान मा आफुहरु पनि जोडिन पाउँदा आफुहरु लाई समेत सन्तुष्टि मिलेको छ । भने सिर्जना सुवेदी ले ससुरा मिनराज पंगेनी र बुवा शिव प्रसाद सुवदी का साथै आमा अमृता सुवेदी को निरन्तर साथ र सहयोगले गर्दा आफु ले पति को सम्झनामा सामाजिक सेवा गर्ने सकेको बताउनु भयो उहाँले यस भन्दा अगाडि पनि मानव सेवा आश्रमहरुमा भोजन खुवाउने कार्य , पतिको सम्झनामा विद्यालयका विधार्थीहरु तथा अन्य व्यक्तिहरु लाई प्रसाद तथा भोजन खुवाउने कार्य समेत गर्नु भएको थियो साथै केही दिन पहिल्यै यसै वडा का अन्य विद्यालयका ७० जना बालवालिका हरु लाई न्यानो कपडा वितरण गरि सक्नु भएको थियो भने वडा अध्यक्ष विर बहादुर थारुले वडा नं ९ मा अधिकांश परिवार सुकुम्बासी र मुक्त कमैया बसोवास गर्ने भएकोले विद्यालयमा पठन पाठन गर्ने बालवालिका हरु न्यानो कपडा को अभावमा विद्यालय आउनु पर्ने अवस्था रहेकोले उहाँले गर्नु भएको न्यानो कपडा वितरण कार्य ले निकै राहत पुगेकोमा खुसी व्यक्त गर्नु भयो । साथै कार्यक्रम मा सहभागी बालवालिका हरु न्यानो कपडा पाउदाँ निकै प्रसन्न मुद्धामा मा देखिन्थ्ये ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP