Trend
मंगलबार , असार ३०, २०८३

गुलरियाको प्रसियामा आगजनी प्रकरण : १० जनाविरुद्ध मुद्दा दर्ता, ५ जना पक्राउ

बर्दिया / पौष १४ / बर्दियाको गुलरिया नगरपालिका–१० प्रसिया गाउँमा पाँच वटा घरमा आगजनी गरिएको घटनामा संलग्न भएको आरोपमा दश जनाविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ।

गत बिहीबार राति संदाम बेहनाको घरसहित स्थानीय पाँच घरमा योजनाबद्ध रूपमा आगजनी गरिएको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएका हुन्। जाहेरीका आधारमा प्रहरी प्रशासनले दश जनाविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक लाभ सम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार घटनामा संलग्नमध्ये पाँच जनाको पहिचान भई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइसकिएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र कुमार मल्लले बाँकी पाँच जनाको पहिचान प्रक्रिया जारी रहेको जानकारी दिए।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै दोषी जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP